३१ जेष्ठ २०८३, आईतवार
,
Latest
औद्योगिक कर्जाको ७२ प्रतिशत बागमतीमा केन्द्रित, कर्णालीमा ०.२५ प्रतिशत मात्रै पाँच वर्षभित्र सम्पूर्ण भवनलाई विपद् उत्थानशील बनाउने महानगरको घोषणा असार १ गतेदेखि सम्पूर्ण चिया उद्योग बन्द गर्ने व्यवसायीको चेतावनी नेपालमा आँखा उपचार सेवाको पहुँच बढे पनि अन्धोपनको जोखिम कायमै सुशासन, डिजिटल सेवा र शहरी व्यवस्थापन काठमाडौं महानगरको प्राथमिकतामा नेपाली चिया निर्यात अवरुद्धः तत्काल समाधानका लागि कूटनीतिक पहल गर्न सांसद नेम्बाङको सरकारसँग आग्रह काठमाडौं महानगरले ल्यायो फोहर व्यवस्थापनलाई ७ क्लस्टरमा विभाजन गरी सर्कुलर इकोनोमी प्रवर्द्धन गर्ने योजना काठमाडौँ महानगरद्वारा बहाल र व्यवसाय करमा स्थान र प्रयोजनअनुसार नयाँ दर निर्धारण गर्ने तयारी ‘मानवीयताको शहर’ बनाउने काठमाडौं महानगरको सङ्कल्पः ज्येष्ठ नागरिकलाई घरदैलोमै चिकित्सकदेखि चराचुरुङ्गीलाई पानीपात्रसम्म निर्वाचन पराजयपछि एमालेद्वारा ‘मिसन पार्टी जागरण २०८३’ घोषणा, संगठन पुनर्संरचना र जनसम्बन्ध सुदृढीकरणमा जोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

समर्थन फिर्ता लिएको ४५ दिनपछि सत्तापक्षको बैठकमा सहभागी भयो नाउपा



file
अ+ अ-

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा) पनि सत्तापक्षको बैठकमा सहभागी भएको छ ।

सरकारलाई दिएको समर्थन फिर्ता लिएको ४५ दिनपछि नाउपाका अध्यक्ष अध्यक्ष रञ्जिता श्रेष्ठ सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालय पुगेकी हुन् ।

नेपाली कांग्रेस र नेकपा एमालेले बोलाएपछि उनी बैठकमा उपस्थित भएकी हुन् ।

कांग्रेस संसदीय दलको कार्यालयमा सत्तापक्षको बैठक बसेको छ । सत्तापक्षको बैठकमा कांग्रेस, एमाले, लोसपा, जनमत पार्टी लगायतका नेता सहभागी छन् ।

प्रतिनिधि सभामा नाउपाको ४ सिट छ । दुई तिहाइ बहुमत पुर्‍याउने कसरत गरिरहेको कांग्रेस र एमालेले नाउपालाई समेत बैठकमा बोलाएको हो ।

नेपाली कांग्रेसको ८८ र नेकपा एमालेको ७९ जोड्दा १६७ पुग्छ । यदि उपसभामुखलाई हटाउने हो भने तत्काल बहाल रहेको २७४ को दुई तिहाइ अर्थात १८३ जना सांसद आवश्यक पर्छ ।




भर्खरै