३१ जेष्ठ २०८३, आईतवार
,
Latest
नेपालमा राजसंस्था पुनस्र्थापना नभई देश र जनताले सुख र शान्ति पाउँदैनन्ः दुर्गा प्रसाईं सिराहाको असारी–भालटार सडक निर्माणको अन्तिम ३०० मिटर खण्ड अलपत्रः छिटो सम्पन्न गर्न स्थानीयको माग कामपाको नीति तथा कार्यक्रमः फोहोरमैला व्यवस्थापन उच्च प्रथामिकतामा प्रधानमन्त्रीको अभिव्यक्ति र सुस्ता विवादलाई लिएर माईतीघरमा विद्यार्थी संगठनको विरोध प्रदर्शन बागमती मन्त्रिपरिषद बैठकः मानवउद्धार पुनःस्थापन कार्यविधि स्वीकृत बालेन सरकारले धेरै गल्ती गरिसक्योः धवलशमशेर राणा पर्सामा एक सय किलो गाँजा पक्राउ दुर्गा प्रसाईं राजासंस्था र हिन्दुराष्ट्र कायम गर्ने एजेण्डाका ब्राण्ड हुन्, नयाँ पार्टी उहाँकै नेतृत्वमा अघि… प्रतिनिधिसभामा असार १ र २ गते मन्त्रालयगत विनियोजन शीर्षकमाथि छलफल हुने औद्योगिक कर्जाको ७२ प्रतिशत बागमतीमा केन्द्रित, कर्णालीमा ०.२५ प्रतिशत मात्रै
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालमा आँखा उपचार सेवाको पहुँच बढे पनि अन्धोपनको जोखिम कायमै



अ+ अ-

काठमाडाैँ । विज्ञहरूले नेपालमा आँखा उपचारको सेवाका पहुँचमा वृद्धि भए पनि अन्धोपनको जोखिम अझै कायम रहेको बताएका छन् । नेपाल नेत्रज्योति सङ्घको आज यहाँ आयोजित ३०औँ केन्द्रीय सभाको अधिवेशनमा अन्धोपनको दरमा केही कमी आए पनि सङ्ख्यात्मक रुपमा जोखिम रहेको उहाँहरुको भनाइ थियो ।

औसत आयु, रक्तचाप तथा मधुमेहका बिरामी बढेका कारण नेपालमा आँखाका बिरामी बढेको उल्लेख गर्दै उहाँहरुले ग्रामीण क्षेत्रमा आँखा उपचार सेवाको पहुँच अभिवृद्धि गर्न जोड दिनुभयो । नेपालको आँखा उपचार सेवा विश्वमै अब्बल रहेको जनाउँदै सभाका सहभागीले नेपाललाई आँखा उपचारको ‘हव’ बनाउन सकिने सम्भावना रहेको औँल्याउनुभयो ।

सङ्घअन्तर्गत हाल अस्पताल, उपचार केन्द्र तथा विभिन्न बाह्य कार्यक्रममार्फत सन् २०२५ मा ३३ लाख ७८ हजार ४२ जनाले परीक्षण गरेका थिए भने दुई लाख ६६ हजार ४०१ को शल्यक्रिया गरिएको थियो । सभाको शुभारम्भ गर्नुहुँदै कोशी प्रदेशसभाका उपसभामुख सिर्जना दनुवारले तीन तहको सरकारले आँखा उपचार सेवाका लागि पत्याएको र विश्वास जितेका संस्थाका रुपमा नेपाल नेत्रज्योति सङ्घ रहेको चर्चा गर्दै आगामी दिनमा संस्थाले ग्रामीण विपन्न जनताको आँखा उपचार सेवाको पहुँचमा ल्याउन थप काम गर्न आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो, “तीन तहका सरकारले आँखा उपचार सेवाका लागि लगानी बढाउनुपर्छ । यसका लागि सङ्घले पनि आफ्नोे क्षमता विस्तार गर्नुपर्छ ।”

उहाँका अनुसार गत आवमा प्रदेश सरकारले सङ्घअन्तर्गत सञ्चालित अस्पताल तथा उपचार केन्द्र तथा विभिन्न बाह्य कार्यक्रमलाई रु २५ बराबरको सामग्री हस्तान्तरण गरेको थियो । रेसुङ्गा नगपालिकाका प्रमुख खिलध्वज पन्थीले आँखा उपचार सेवामा नगरपालिकाले पहिलो प्राथमिकता दिएको जानकारी दिँदै आर्थिक अभावका कारण मोतियाविन्दुलगायत अन्य उपचार सेवाको अभाव हुन नदिएको बताउनुभयो ।

प्रा डा देवनारायण साहले नेपालमा आँखा उपचारको सेवाका पहुँचमा वृद्धि भए पनि अन्धोपनको जोखिम अझै कायम बताउनुभयो । सङ्घका अध्यक्ष प्रा डा चेतराज पन्तको सभापतित्वमा सम्पन्न कार्यक्रममा महासचिव भरतबहादुर चन्दले वार्षिक प्रतिवेदन पेस गर्नुभएको थियो ।