२४ जेष्ठ २०८३, आईतवार
,
Latest
वेस्ट बैंकमा इजरायली सेनाको गोलीबारीमा सात महिने प्यालेस्टिनी शिशुको मृत्यु राम्दीमा नेपालकै पहिलो ‘कन्क्रिट फिल्ड स्टिल ट्युब आर्च’ पुल निर्माण अन्तिम चरणमा, असारभित्र सञ्चालनमा ल्याउने… रास्वपा झापा जिल्लामा ओमनाथ भण्डारी राजा शाक्य बने रास्वपा काठमाडौँको सभापति शुक्लाफाँटामा युवा सम्मेलनः जलवायु सङ्कटविरुद्ध सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता कोप–३१ सम्मेलनको तयारीका लागि टर्किएद्वारा अन्तर्राष्ट्रिय वातावरणीय मञ्चको आयोजना यी २८ जिल्लामा आज हुँदैछ रास्वपाको अधिवेशन नेपालको कसिलो बलिङ, ओमान ९४ रनमा अलआउट रास्वपा सुनसरी सभापतिमा दाहाल ट्राफिक कारबाहीमा चार लाख ९१ हजार राजस्व संकलन
तपाईं के खोज्दै हुनुहुन्छ ?

बैदेशिक रोजगारीका नाममा ठगी, पाँच जना अभियुक्तहरू पक्राउ



अ+ अ-

काठमाडौं: नेपाल प्रहरीको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले बैदेशिक रोजगारीका लागि विभिन्न देश पठाइदिन्छु भनी ठगीमा संलग्न पाँच जनालाई पक्राउ गरेको छ ।

उक्त कार्यालयका सूचना अधिकारी एसपी काजी कुमार आचार्यका अनुसार, पीडितहरुले दिएको जाहेरी दरखास्तका आधारमा ती व्यक्तिहरु पक्राउ परेका हुन् ।

आचार्यका अनुसार, ताप्लेजुङको सिरिजङ्घा गाउँपालिका–१ स्थायी घर भएकी साहारा सुब्बा (थेबे) ले कोरिया पठाइदिन्छु भन्दै ९ जनासँग एक करोड आठ लाख ३० हजार लिएर फरार भएकी थिइन् । थेबेलाई प्रहरी टोलीले ललितपुर हरिसिद्धिबाट यही भदौ ४ गते पक्राउ गरेको थियो ।

यस्तै, अर्का पक्राउ पर्नेमा प्युठान घर भएका शान्त बहादुर बि.क. ले एक व्यक्तिलाई क्यानडा पठाइ दिन्छु भन्दै छ लाख ठगी गरेका थिए । त्यस्तै, कतार पठाइदिन्छु भन्दै एक व्यक्तिसँग तीन लाख रुपैयाँ लिएर फरार रहेका सिरहाको कर्जन्हा स्थायी घर भएका महमद हातिम पनि पक्राउ परेका छन् ।

प्रहरी टोलीले तीन जना व्यक्तिलाई कतार पठाइदिने भन्दै सात लाख रुपैयाँ लिएर फरार अभियुक्त काभ्रेको भुम्लु स्थायी घर भएका प्रल्हाद खत्री तथा दक्षिण अफ्रिका पठाइदिन्छु भनी एक व्यक्तिसँग पाँच लाख १७ हजार लिएर फरार खोटाङ स्थायी घर भएकी तारा बस्नेत तामाङलाई पनि प्रहरीले पक्राउ गरेको छ ।

उनीहरु सबैलाई थप अनुसन्धान र कारबाहीका लागि बैदेशिक रोजगार विभाग, ताहाचल पठाइएको पनि प्रहरीले जनाएको छ ।