२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
त्रिशूली नदीमा माछा मार्ने क्रममा किशोर बेपत्ता बिपी राजमार्गः रातको समयमा अनिश्चितकालीन बन्द थप मौलिक हक कार्यान्वयन गर्न आयोगको आग्रह नेपाल–भारत सीमा मुद्दा संवादमार्फत टुंग्याउनुपर्छः रवि लामिछाने रास्वपा सभापति लामिछाने स्वदेश फिर्ता जेलेन्स्कीले पुटिनलाई लेखेको पत्र समय सापेक्ष निर्णय : इयू गुल्मीमा रास्वपा सांसद सागर ढकाल सवार गाडी दुर्घटना महिला आयोगका सदस्य पौडेलद्वारा लिखित ‘नारी रेखा’ लोकार्पण एनआरएनए एनसिसि पोर्चुगलद्वारा २६ हजार युरोभन्दा बढी आर्थिक अनियमितताको दाबी, अघि बढाइयो कानुनी प्रक्रिया बुढीगण्डकीलाई बहुउद्देश्यीय बनाउन प्राधिकरण मोडलमा अगाडि बढाइँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

आज सम्पन्न हुँदै ‘मेरो भ्वाइस युनिर्भस र मेरो डान्स युनिर्भस’



अ+ अ-

काठमाडौँ । नेपालको सबैभन्दा ठूलो धनराशि रु एक करोड पुरस्कार राखिएको दुई ‘रियालिटी शो’ को दोस्रो संस्करण ‘मेरो भ्वाइस युनिर्भस र मेरो डान्स युनिर्भस’ को ‘ग्रयाण्ड फिनाले’ अर्थात् अन्तिम प्रतिस्पर्धा आज सम्पन्न हुँदैछ ।

आयोजक इन्ट्रा नेशनल वेलफेयर एण्ड सर्पोट फाउन्डेशन अफ अमेरिका अनुसार आज ललितपुरको गोदावारीस्थित सन्राइज अन्तरराष्ट्रिय सम्मेलन केन्द्रमा सो प्रतियोगिता सम्पन्न हुने भएको हो ।

कार्यक्रममा मेरो ‘भ्वाइस युनिर्भस’तर्फ छनोट भएका उत्कृष्ट छ प्रतियोगिको र ‘डान्स’तर्फको उत्कृष्ट छ प्रतियोगी सहभागी हुनेछन् । बत्तीस सत्रसम्म प्रसारण भइसकेको ‘भ्वाइस’ को पाँच उत्कृष्टमा सिक्कमबाट दीपराज राई, दार्जिलिङबाट वाङेगे शेर्पा, कतारबाट जुनु प्रसाई, जापानबाट प्रथम गुरुङ, हङकङबाट टपराज तामाङ र नेपालको झापाबाट प्रशान्त पोखरेलबीच अन्तिम प्रतिस्पर्धा हुँदैछ ।

त्यसैगरी मेरो ‘डान्स’ तर्फ सिक्किमबाट अमृता राई, हङ्कङबाट रिस्ता गुरुङ, नेपालबाट सुशना कोइराला, सीतु महर्जन, सुरज सिञ्जाली मगर र साजन पाख्रिनबीच अन्तिम प्रतिस्पर्धा हुनेछ । यी दुवै रियालिटी शोमा प्रमुख विजेताले रु एक करोड पाउने छन् भने उपविजेताले रु २५ लाख र तेस्रो हुनेले रु १० लाख पुरस्कार पाउनेछन् । चौथो, पाँचौँ र छैटौँले क्रमशः रु छ लाख रु पाँच लाख र रु चार लाख पाउनेछन् भने टप १० रु तीन लाख पाइसकेका छन् ।

तीन महिनासम्म चलेको प्रतियोगितामा संसारभर छरिएर रहेका नेपाली र नेपालभाषीको सहभागिता रहेको छ । “यो ‘रियालिटी सो’ को मुख्य उद्देश्य विश्वभर रहेका नेपालीहरूलाई सांस्कृतिक माध्यमबाट जोड्नु हो”, इन्ट्रा नेपाल वेलफेयर फाउन्डेशनका अध्यक्ष डिल्ली अधिकारीले भन्नुभयो ।