२१ जेष्ठ २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

पाँचथरको तमोर नदी नजिकै गाडी दुर्घटना



अ+ अ-

काठमाडौं । पाँचथरको तमोर नदी नजिकै गाडी दुर्घटनामा परेको छ ।

प्रत्यक्षदर्शी सागर ढकालका अनुसार, कार्तिके नजिक आज बिहान एक गाडी खसेको छ । ढकालले उद्धारका लागि छिटो हेलिकप्टर, एम्बुलेन्स वा अन्य सवारी साधन पठाउन आग्रह गर्नुभएको छ ।

ढकालले जानकारी दिदै सामाजिक संञ्जालमा लेख्नुभएको छ

इमर्जेन्सि परेको छ , म भन्दा अगाडिको गाडि खसेर धेरैको ज्यान गएको छ। सबैले सकेको छिटो हेलिकप्टर एम्बुलेन्स वा गाडिहरु छिटो भन्दा छिटो पठाइदिनुस न है। तमोर नदि नजिक हो है,, कार्तिके नजिक । फिदिम नजिक। फोन नम्बर ९८४२१४३८६२ , ९८४९३०४९८९ । छिटो भन्दा छिटो सहयोग गरिदिनुस है वरिपरि भएका जो हुनुहुन्छ ।

दुर्घटनाबारे थप विवरण आउन बाँकी छ ।