२४ असार २०८३, बुधबार
,
Latest
सभामुखको निर्देशनपछि सांसद राईको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाइने अनियमित मनसुन र बढ्दो तापक्रमले हिन्दूकुश क्षेत्रमा आकस्मिक बाढीको जोखिम चक्कु प्रहारबाट रौतहटमा एकको मृत्यु नार्कको वर्तमान कार्यशैलीले संस्थालाई सही दिशामा लैजान सक्दैनः मन्त्री चौधरी आज दिउँसो ३:३० बजे मन्त्रिपरिषद् बैठक बस्दै खानेपानी क्षेत्रमा नीतिगत सुधार सुरु, २ वर्षभित्र काठमाडौंमा बाह्रै महिना मेलम्चीको पानी वितरण गर्ने लक्ष्य सभामुखलाई सांसद राईको प्रश्नः कान सुन्नुहुन्छ कि सुन्नुहुन्न ? जनकपुरका अतिक्रमित गुठी जग्गा हटाउन ९ सदस्यीय प्रतिवेदन कार्यान्यन समिति गठन महिला तथा सामाजिक सुरक्षा मन्त्रालयमा ह्वीलचेयर सेवा सुरु मुलुकभर स्वच्छ खानेपानी आपूर्ति गर्ने कार्ययोजना १५ दिनभित्र पेश गर्न संसदीय समितिको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

माओवादीले बोलायो सचिवालय बैठक



अ+ अ-

काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले महाधिवेशन तयारीका लागि सचिवालय बैठक बोलाएको छ । बैठक सोमबार दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने भएको छ ।

सचिवालय सदस्य हरिबोल गजुरेलका अनुसार बैठकमा महाधिवेशनको मिति टुंग्याउने, प्रतिनिधि छनोट लगायतका विषयमा छलफल हुनेछ ।

यसअघि असोज ९–१० गते सम्पन्न केन्द्रीय समिति बैठकले केन्द्रीय समिति विघटन गरी मंसिरको अन्तिम साताभित्र विशेष महाधिवेशन गर्ने निर्णय गरेको थियो । त्यस्तै प्रचण्डको संयोजकत्वमा महाधिवेशन आयोजक समिति गठन गरिएको छ ।

माओवादी केन्द्रले यसअघि पूर्वपदाधिकारीहरुलाई सचिवालयमा रूपान्तरण गरेर आगामी महाधिवेशनलाई लक्षित गर्दै संगठनात्मक तयारी अघि बढाइरहेको छ ।