२४ असार २०८३, बुधबार
,
Latest
सभामुखको निर्देशनपछि सांसद राईको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाइने अनियमित मनसुन र बढ्दो तापक्रमले हिन्दूकुश क्षेत्रमा आकस्मिक बाढीको जोखिम चक्कु प्रहारबाट रौतहटमा एकको मृत्यु नार्कको वर्तमान कार्यशैलीले संस्थालाई सही दिशामा लैजान सक्दैनः मन्त्री चौधरी आज दिउँसो ३:३० बजे मन्त्रिपरिषद् बैठक बस्दै खानेपानी क्षेत्रमा नीतिगत सुधार सुरु, २ वर्षभित्र काठमाडौंमा बाह्रै महिना मेलम्चीको पानी वितरण गर्ने लक्ष्य सभामुखलाई सांसद राईको प्रश्नः कान सुन्नुहुन्छ कि सुन्नुहुन्न ? जनकपुरका अतिक्रमित गुठी जग्गा हटाउन ९ सदस्यीय प्रतिवेदन कार्यान्यन समिति गठन महिला तथा सामाजिक सुरक्षा मन्त्रालयमा ह्वीलचेयर सेवा सुरु मुलुकभर स्वच्छ खानेपानी आपूर्ति गर्ने कार्ययोजना १५ दिनभित्र पेश गर्न संसदीय समितिको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

सभामुखलाई सांसद राईको प्रश्नः कान सुन्नुहुन्छ कि सुन्नुहुन्न ?



अ+ अ-

काठमाडौं । प्रतिनिधिसभा बैठकमा नेकपा एमालेका सांसद राजेन्द्र राईको अभिव्यक्तिलाई लिएर बुधबार केहीबेर तनाव उत्पन्न भएको छ।

बैठक सुरु हुनासाथ विपक्षी दलका सांसदहरूले उठेर विरोध जनाएपछि सभामुख डोलप्रसाद अर्यालले पहिलो चरणमा नेपाली कांग्रेस र त्यसपछि एमाले सांसद राजेन्द्र राईलाई बोल्न समय दिएका थिए।

आफ्नो मन्तव्य सुरु गर्दै सांसद राईले सभामुखज्यू, तपाईं कान सुन्नुहुन्छ कि सुन्नुहुन्न ? भन्दै प्रश्न गरेपछि सभामुख अर्यालले उनलाई तत्काल रोकेका थिए।

सभामुख अर्यालले सांसद राईलाई आफ्नो अभिव्यक्ति संसदीय मर्यादाभित्र रहेर राख्न निर्देशन दिँदै चेतावनी दिएका थिए। तर राईले बोल्न जारी राख्न खोजेपछि सभामुखले “सभामुखको अवहेलना गर्दै हुनुहुन्छ” भन्दै उनको माइक बन्द गराएका थिए।

त्यसपछि सभामुख अर्यालले सांसद राईलाई थप बोल्न नदिई अर्को वक्ताका रूपमा एमाले सांसद परशुराम तामाङलाई बोल्न समय दिएका थिए।