२५ जेष्ठ २०८३, सोमबार
,
Latest
यु-१९ महिला राष्ट्रिय क्रिकेटः कर्णाली दोस्रोपटक पराजित करका दर हेरफेर र प्रधानमन्त्रीको अभिव्यक्तिप्रति एमालेको आपत्ति, संसदीय छानबिन समितिको माग ‘पोलिसी कब्जा’ र म्याक्रो सिण्डिकेटहरूको अन्त्य गर्दैछौँ, ‘छटपटी’ हुनेलाई भइरहोस्ः अर्थमन्त्री वाग्ले फिलिपिन्स भूकम्प अपडेट : कम्तीमा १५ जनाको मृत्यु कांग्रेस नीति प्रतिष्ठानको चौथो बैठक जेठ २७ गते बस्ने मुलुकको राष्ट्रियता र जनसरोकारका मुद्दामा सरकार गम्भीर नभएको सांसद केरुङको आरोप ६ लाख बाँदर नमारेसम्म किसानले सुख पाउँदैनन्ः सांसद राई ५० अर्बभन्दा बढी विद्युत् बक्यौता छिटो उठाउन ऊर्जा मन्त्री श्रेष्ठको आग्रह नेपालको आर्थिक सुधारप्रति आइएमएफ सन्तुष्ट, ४२.९ मिलियन डलर सहायता उपलब्ध हेटौँडामा रास्वपाको प्रथम प्रदेश अधिवेशन, सभापति लामिछानेले उद्घाटन गर्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

गाजामा युद्धविराम वार्तामा द्रुत प्रगति भइरहेको छः राष्ट्रपति ट्रम्प



अ+ अ-

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गाजा पट्टीमा युद्धको अन्त्य गर्न र कैदीहरूको रिहाइ गर्न संयुक्त राज्य अमेरिका र प्यालेस्टिनी इस्लामिक समुह ९हमास० बीच चलिरहेको वार्तामा द्रुत प्रगति भइरहेको बताउनु भएको छ ।

सामाजिक सञ्जालमा पोस्ट गदै ट्रम्पले वार्ता सफल भई रहेको र अपेक्षाकृत रुपमा अगाडि बढेको बताउनु भएको छ । सम्झौतालाई अन्तिम रूप दिन प्राविधिक टोलीहरू सोमबमार इजिप्टमा पुनः भेट्ने अपेक्षा गरिएको छ ।

सम्झौताको पहिलो चरण यसै हप्ता सुरु हुने उल्लेख गर्दै उहाँले सबै पक्षलाई दुःखको अन्त्य गर्न र शान्ति प्राप्त गर्न द्रुत गतिमा अघि बढ्न आग्रह गर्नु भएको छ ।

अमेरिकी राष्ट्रपतिले ट्रम्पले हमासको प्रतिक्रियालाई स्वागत गर्दै, अमेरिकाले इजरायल र हमास बीचको सम्झौताले इजरायलका लागि ठूलो सम्झौताको प्रतिनिधित्व गर्ने जनाउनु भएको छ । जसमा २०–बुँदे अमेरिकी प्रस्तावका प्रमुख प्रावधानहरूको स्वीकृति समावेश छ ।

यस योजनामा शत्रुता अन्त्य गर्ने, गाजा पट्टीबाट इजरायली सेना फिर्ता गर्ने र प्यालेस्टिनी कैदीहरूको बदलामा इजरायली बन्धकहरूको रिहाइ समावेश छ ।

द्वन्द्व अन्त्य गर्ने र यस क्षेत्रमा स्थिरता पुनः स्थापना गर्ने आफ्नो योजना रहेको ट्रम्पले बताउनु भएको छ । यद्यपि, उहाँले हामासले शक्ति त्याग्न र गाजा पट्टीको नियन्त्रण हस्तान्तरण गर्न अस्वीकार गरे उसले पूर्ण रूपमा उन्मूलनको सामना गर्नु पर्ने चेतावनी दिनु भएको छ ।

कतार, इजिप्ट र संयुक्त राज्य अमेरिकाको नेतृत्वमा गाजामा चलिरहेको युद्धको अन्त्य गर्ने, पुनः र्निर्माणको लागि मार्ग प्रशस्त गर्ने र पट्टीमा स्थायी मानवीय र राजनीतिक स्थिरता स्थापना गर्ने विस्तृत सम्झौतामा पुग्न क्षेत्रीय र अन्तर्राष्ट्रिय कूटनीतिक प्रयास पछि वार्ता प्रत्रिया अघि बढेको जनाइएको छ ।