२४ असार २०८३, बुधबार
,
Latest
लगानी र अर्थतन्त्रका विषयमा प्रधानमन्त्री शाहले आज उद्योगी–व्यवसायीसँग छलफल गर्ने छोटो तर सन्देशमुखी मौद्रिक नीति, बजेट नै अर्थतन्त्रको मुख्य औजार भन्ने सङ्केत : पूर्वगभर्नर चिरञ्जीवी… वागमती प्रदेश सरकारद्वारा सिमान्तीकृत र विपन्न ७ जना विद्यार्थीलाई प्राविधिक छात्रवृत्ति प्रदान हर्मुज आक्रमणले फेरि चर्कियो मध्यपूर्व तनाव कांग्रेसलाई कान्छारामको चाबी ! मुस्ताङबाट २२ हजार केजी फोहर सङ्कलन सवारी नियम उल्लङ्घनको कारबाही: चौबिस घण्टामा रु १९ लाख ७१ हजार राजश्व सङ्कलन पुनः लयमा फर्किदै नवलपुर क्षेत्रका होटल व्यवसाय यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य प्रतिनिधिसभा बैठक बस्दै, चार महत्त्वपूर्ण विधेयक प्रस्तुत हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

उद्धार उडान मार्फत १५७ जना यात्रु काठमाडौँ आए



अ+ अ-

काठमाडौँ । अविरल वर्षा र बाढीपहिरोका कारण भैरहवामा अलपत्र परेका सयौँ यात्रुहरू नेपाल वायुसेवा निगमको विशेष उद्धार उडानमार्फत काठमाडौँ आइपुगेकाछन् ।

दशैँ बिदा र विभिन्न कामका लागि भैरहवा पुग्नुभएका यात्रुहरू बदलिएको मौसम र उडान अवरुद्ध हुँदा गौतम बुद्ध अन्तरराष्ट्रिय विमानस्थलमा रोकिएका थिए। असोज असोज १७ र १८  गतेदेखि परेको भारी वर्षाले सृजित बाढीपहिरोको विषम परिस्थितिलाई मध्यनजर गर्दै सरकारले उद्धार कार्यमा तत्परता देखाएको छ ।

निरन्तर वर्षाले देशका विभिन्न जिल्लामा बाढीपहिरो निम्त्याउँदा सडक र हवाई यातायातमा ठूलो अवरोध भएको थियो । भैरहवामा सामान्य अवस्थामा दैनिक १५ भन्दा बढी उडान हुने गौतम बुद्ध अन्तरराष्ट्रिय विमानस्थलमा दुई दिनसम्म उडान पूर्ण रूपमा ठप्प हुँदा ७०० भन्दा बढी यात्रुहरू अलपत्र परेका थिए ।

गौतम बुद्ध अन्तरराष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयका प्रवक्ता श्याम किशोर शाहले दिउँसो ३:४५ बजे काठमाडौँबाट भैरहवामा अवतरण गरेको नेपाल एयरलाइन्सको न्यारो बडी ए-३२० विमानले ७६ जना यात्रु लिएर आएको बताउनुभयो। सोही विमानले १५७ जना यात्रु बोकेर राति काठमाडौँ फर्किएको छ।

भैरहवाबाट काठमाडौँ आउनुभएका एक यात्रुले सरकारको कार्य अत्यन्त प्रशंसनीय भएको बताउनुभयो । उहाँले सरकार जनतासँगै छ भन्ने अनुभूति भएको उल्लेख गर्नुभयो । सरकारले उद्धार उडानमा अशक्त, वृद्धवृद्धा, बिरामी, वैदेशिक रोजगारीमा जानुपर्ने र अत्यावश्यक यात्रुहरूलाई प्राथमिकता दिइएको प्रवक्ता शाहले जानकारी दिनुभयो । भाडादर काठमाडौँबाट भैरहवाका लागि रु. ५,००० र भैरहवाबाट काठमाडौँका लागि रु. ७,००० तोकिएको थियो, जुन सामान्य भाडाभन्दा कम हो।

प्रधानमन्त्री सुशीला कार्कीको विशेष पहलमा यो उद्धार उडान भएको बताइएको छ । गृह मन्त्रालयले विपद् व्यवस्थापनका लागि ८ बुँदे निर्देशन जारी गर्दै स्थानीय तह, यातायात व्यवसायी र सङ्गठनहरूसँग समन्वय गरी अलपत्र यात्रुहरूलाई सहयोग गर्न सबै जिल्ला प्रशासनलाई परिपत्र गरेको थियो ।