२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता लेबनानमा युद्धपूर्वको अवस्था सुनिश्चित हुनुपर्छः इरान सुधन गुरुङमाथि छानबिन समितिको प्रतिवेदन सोमबार बुझाउने तयारी सम्पती विवरण बुझाएर छानविन आयोगलाई सहयोग गर्छौंः काँग्रेस सभापति थापा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल अतिसङ्कटापन्न सूचीमा पर्ने ‘ब्लाक सफ्टसेल’ कछुवा लोप हुने अवस्थामा भारतको अस्पतालमा आगलागी, पाँच जनाको मृत्यु, २० घाइते कांग्रेस अनुशासन समितिको निर्णय : बारा सभापति यादव निलम्बित, अन्यलाई निर्देशन र सफाइ अनौपचारिक श्रम बजारमा ज्याला ठगी व्यापक, ६६ प्रतिशत श्रमिकले पाएनन् पूरा पारिश्रमिक सीमा मुद्दामा प्रधानमन्त्रीलाई खलनायक बनाउन हतार नगर्न रास्वपा सचेतक धितालको आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

महिला टी–२० आईमा १ हजार रन पूरा गर्ने पहिलो नेपाली खेलाडी बनिन् इन्दु



अ+ अ-

काठमाडौँ । नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीका कप्तान इन्दु वर्माले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा १ हजार रन पूरा गरेकी छन् ।

यो उपलब्धिसँगै उनी यस प्रारूपमा १ हजार रन बनाउने पहिलो नेपाली महिला खेलाडी बनेकी छन् ।

मलेशियाविरुद्ध जारी टी–२० शृङ्खलाको चौथो खेलमा इन्दुले नटआउट ४८ रनको उत्कृष्ट प्रदर्शन गर्दै नयाँ कीर्तिमान बनाएकी हुन् । २८ वर्षीया इन्दुले अहिलेसम्म ७७ खेलमा १ अर्धशतकसहित १८.७८ को औसतमा १ हजार ४३ रन बनाएकी छिन् ।

उनी अहिले महिला टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालको सर्वाधिक रन बनाउने खेलाडी पनि बनेकी छिन् । दोस्रो स्थानमा सीता राना मगर ६३ खेलमा ९ सय ६५ रनसहित र तेस्रोमा रुबिना क्षेत्री ७८ खेलमा ९ सय ३६ रनसहित रहेका छन् ।

आजको खेलमा नेपालले मलेशियालाई ६ विकेटले पराजित गर्दै पाँच खेलको शृङ्खलामा २–२ को बराबरी गरेको छ । मलेशियाले दिएको १ सय १२ रनको लक्ष्य नेपालले १५ बल बाँकी रहँदा ४ विकेटको क्षतिमा पूरा गरेको हो । अब शृङ्खलाको अन्तिम तथा निर्णायक खेल भोलि हुनेछ ।