२५ जेष्ठ २०८३, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालले जापानसँग खेल्दै



अ+ अ-

काठमाडौं । आइसिसी टी२० विश्वकप एसिया तथा पूर्वी एसिया प्यासिफिक क्षेत्र छनोटअन्तर्गत नेपालले आज समूह चरणको अन्तिम खेलका रूपमा जापानसँग खेल्दैछ ।

नेपाल र जापान बीचको खेल अल अमिरत क्रिकेट स्टेडियममा सवा चार बजे हुनेछ । नेपालले समूह चरणको पहिलो खेलमा कुवेतलाई ५८ रनले हराएको थियो।

समूह ‘बी’ अन्तर्गत भएको दोस्रो खेलमा जापानसँग पराजित हुँदा कुवेत भने समूह चरणबाटै बाहिरिएको छ ।

यससँगै नेपाल र जापानले सुपर सिक्समा स्थान बनाइसकेका छन् । आज नेपाल र जापानमध्ये विजेता टोली समूह विजेताका रूपमा सुपर सिक्स खेल्नेछ ।

९ टिमलाई ३ समूहमा विभाजन गरीएको यस प्रतियोगितामा हरेक समूहका शीर्ष दुई टोली सुपर सिक्समा प्रवेश गर्नेछन् ।