३० जेष्ठ २०८३, शनिबार
,
Latest
काँग्रेस युवा नेताको आरोपः ‘काँग्रेसको नेतृत्व नपाएको भए गगनले रास्वपाको नेतृत्व गर्ने थिए’ वैकल्पिक भनिएका शक्तिहरू विचारशुन्य र विध्वंसात्मक बाटोमा लागेः डा. सीके राउत पुराना दलको विकल्पमा दुईवटा स्पष्ट वैचारिक ‘वैकल्पिक शक्ति’ आवश्यक छः डा. बाबुराम भट्टराई हर्कराज राई भन्छन्–‘देशलाई माया गर्दा गाली खाइरहेको छु’ पशुपति क्षेत्रको संस्कृति र परम्परामा आँच पुग्ने निर्णय सच्याउन गगन थापाको माग एक दर्जन सुरुङमार्गको सम्भाव्यता अध्ययन र निर्माणका लागि ६८ करोड डाँका चोरी मुद्दाका फरार प्रतिवादी पक्राउ वैदेशिक रोजगारीबाट फर्किएका युवालाई उद्यमशीलता तालिम अमेरिका-इरान सम्झौता निकै नजिक गाजा पट्टीमा नागरिक तथा नागरिक पूर्वाधारको संरक्षण गर्न राष्ट्रसङ्घको आह्वान
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमाले सचिवालय बैठक शुरु



अ+ अ-

काठमाडौँ । नेकपा एमालेको सचिवालय बैठक शुरु भएको छ ।

बैठक आज मध्यान्हबाट गुण्डुस्थित अध्यक्ष केपी शर्मा ओलीको निवासमा हुनेछ । बैठकमा केन्द्रिय समितिको एजेण्डा, पार्टी संगठन सुदृढीकरण, संसद पुनःस्थापना लगायतका विषयमा छलफल हुने बताइएको छ ।

साथै राष्ट्रपति रामचन्द्र पौडेलले बोलाउनुभएको सर्वदलीय बैठकमा पार्टीको आधिकारिक धारणाबारे पनि सचिवालय बैठकले स्पष्ट पार्नेछ । नेकपा एमालेले संसद पुनःस्थापना हुनुपर्ने भन्दै माग राखेको छ ।

नेपाली काँग्रेससँग समन्वय गरेर संसद पुनःस्थापनाको प्रक्रिया अघि बढाइने एमालेको भनाइ छ । काँग्रेसले पनि संसद विघटन असंवैधानिक रहेको बताउँदै आएको छ ।