२१ जेष्ठ २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

मलामी गएका युवा नदीमा बेपत्ता



अ+ अ-

चितवन। मलामी गएका युवा नारायणी नदीमा बेपत्ता भएका छन् ।

राप्ती नगरपालिका–६ बाट शव लिई देवघाटमा मलामी आएका २५ वर्षीय विजय चौधरी नारायणी नदीमा पौडी खेल्ने क्रममा डुबी बेपत्ता भएका हुन् ।

जिल्ला प्रहरी कार्यालय चितवनका नायब उपरीक्षक रवीन्द्र खनालका अनुसार आज दिउँसो १२ः१० बजे चौधरी नारायणी नदीमा बेपत्ता भएका हुन् । उहाँको खोजी भइरहेको उहाँले जानकारी दिनुभयो । रासस