२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
फागुन २१ को निर्वाचन नेपालको इतिहासमा विशेष रुपमा अंकित हुनेछः कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारी शेन्जेन–काठमाडौं सिधा उडानबाट १७५ चिनियाँ पर्यटक आए नेपाल तापक्रम वृद्धिले बाँकेमा आर्थिक र स्वास्थ्य चुनौती बढायो साहित्यले समाजलाई चेतनशील र सुसंस्कृत बनाउँछ: राष्ट्रपति पौडेल ३० हजार मेगावाटको लक्ष्य पूरा गर्न स्पष्ट कार्ययोजना आवश्यकः सांसद न्यौपाने परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान गैरकानुनी रुपमा महिलालाई विदेश पठाएको अभियोगमा ६ जना पक्राउ एमालेद्वारा मानव अधिकार आयोगको प्रतिवेदनप्रति आपत्ति, भूतप्रभावी कानुन सिफारिसलाई असंवैधानिक भन्दै प्रश्न उठायो वातावरणमैत्री र हरित सडक निर्माणमा सडक विभागको जोडः देशभर वृक्षारोपण र संरक्षण अभियान अघि बढाइने लोकतन्त्रको रक्षा र राष्ट्रियताको संरक्षणमा युवाको भूमिका महत्त्वपूर्ण छः मुख्यमन्त्री आचार्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

साइबर ब्युरो उपस्थित हुँदै अधिवक्ता स्वागत नेपाल



अ+ अ-

काठमाडौं । अधिवक्ता स्वागत नेपाल दिउसो नेपाल प्रहरीको साइबर ब्यूरोमा जान लाग्नु भएको छ ।

प्रधानमन्त्री सुशीला कार्कीविरुद्ध भ्रम फैलाएको आरोपमा साइबर ब्यूरोले अधिवक्ता नेपाललाई सोधपुछ गर्न बोलाएको छ । सांसद नभएको व्यक्ति र प्रधानन्यायाधीश भइसकेको व्यक्ति प्रधानमन्त्री हुनु नहुने भन्दै अधिवक्ता नेपालले आलोचना गर्नुभएको थियो ।

आफु साइबर ब्यूरोमा जान लागेको जानकारी दिदै नेपालले सामाजिक संञ्जालमा लेख्नु भएको छ –साइबर ब्युरोबाट फेरि उपस्थित हुन फोन आएको छ । म सर्वोच्च अदालतबाट सीधै २ बजे उपस्थित हुन्छु भनेको छु । डाक्टरकै उपचार गर्नु पर्ने भयो भने अर्को डाक्टर चाहिन्छ । म आफैँ कानुन कानुनकर्मी भए पनि मेरो कानुनी उपचारका लागि धेरै वरिष्ठ अधिवक्ता ज्युहरु, अधिवक्ता ज्युहरु, मानवअधिकारकर्मीहरु प्रतिरक्षाका लागि मसँगै उपस्थित हुँदै हुनुहुन्छ । धेरैतिरबाट के भइरहेको छ भन्ने फोन धेरै आएकोले सबैजनालाई व्यक्तिगत रुपमा जवाफ दिन असमर्थ भएकोले सबै साथीहरुमा जानकारीका लागि …

केही दिन अघि यो संविधानले कार्कीलाई प्रधानमन्त्री बन्न दिँदैन, आफैले प्रधानमन्त्री बन्न हुँदैन भनेको विषयमा आफैं प्रधानमन्त्री भएको भन्दै प्रधानमन्त्री कार्कीको आलोचना गरेका थिए ।

अधिवक्ता रहेका नेपाल राजावादी आन्दोलनका अगुवासमेत हुन् । गत चैत १५ गते पनि राजावादी आन्दोलनका क्रममा प्रहरीले उनलाई पक्राउ गरेको थियो ।