२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता लेबनानमा युद्धपूर्वको अवस्था सुनिश्चित हुनुपर्छः इरान सुधन गुरुङमाथि छानबिन समितिको प्रतिवेदन सोमबार बुझाउने तयारी सम्पती विवरण बुझाएर छानविन आयोगलाई सहयोग गर्छौंः काँग्रेस सभापति थापा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल अतिसङ्कटापन्न सूचीमा पर्ने ‘ब्लाक सफ्टसेल’ कछुवा लोप हुने अवस्थामा भारतको अस्पतालमा आगलागी, पाँच जनाको मृत्यु, २० घाइते कांग्रेस अनुशासन समितिको निर्णय : बारा सभापति यादव निलम्बित, अन्यलाई निर्देशन र सफाइ अनौपचारिक श्रम बजारमा ज्याला ठगी व्यापक, ६६ प्रतिशत श्रमिकले पाएनन् पूरा पारिश्रमिक सीमा मुद्दामा प्रधानमन्त्रीलाई खलनायक बनाउन हतार नगर्न रास्वपा सचेतक धितालको आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

बालुवाटार वार्ता बहिष्कार गर्न जेन जेड २.० को आह्वान, प्रदर्शनको तयारी



अ+ अ-

काठमाडौं: सरकारले आजका लागि आह्वान गरेको सरकार, दलहरु र जेन जी बीचको वार्ताप्रति असन्तुष्टि जनाउँदै एक समूहले वार्ता बहिस्कार गरेको छ ।

जेन जेड २.० का प्रवक्ता अविन मेयाङ्ग्बोले सरकारले आफ्ना निकटलाई मात्र बोलाएर निर्वाचनका विषयमा सीमित संवाद गरिरहेको अवस्थाको बिरोध गरिएको बताएका छन् ।

उनले यस्तो एकपक्षीय वार्तालाई बहिष्कार गर्ने निर्णय गरेको र “राष्ट्रिय एकता” सम्बन्धी ब्यानर र प्ले कार्डहरू सहित प्रधानमन्त्री निवास बालुवाटारमा प्रदर्शनको तयारी गरिएको बताए ।

यस्तो वार्ता प्रत्यक्ष रूपमा हुनुपर्छ भन्ने हाम्रो मुख्य माग हो, उनले भनेका छन् । ३.४५ बजे सबै जना बालुवाटारमा भेला हुनलाई हार्दिक अनुरोध गर्दछौं, उनले भनेका छन् ।

प्रधानमन्त्री सुशीला कार्कीको अह्वानमा आज हुने त्रिपक्षीय छलफलमा राजनीतिक दलबाट १६ र जेन जी समूहबाट १४ जना प्रतिनिधिको सहभागिता हुने भएको छ ।

यो पनि पढ्नुहोस् – त्रिपक्षीय छलफलमा दलबाट १६ र जेनजीबाट १४ प्रतिनिधि सहभागी हुने

प्रधानमन्त्री निवास बालुवाटारमा अपराह्न ४:०० बजे हुने छलफलमा विघटित प्रतिनिधिसभामा प्रतिनिधित्व गर्न प्रमुख राजनीतिक दलका पदाधिकारी एवं दोस्रो तहका नेताहरू सहभागी हुँदैछन् ।

जेनजी समूहबाट ‘इण्डिजिनिस जेनजी कलेक्टिभ’, ‘हाउ टु देश विकास’‘जेनजी मुभमेन्ट एलाइन्स’का तर्फबाट १४ जना सहभागी हुने जनाइएको छ ।

आगामी फागुन २१ गतेका लागि निर्धारित निर्वाचनको समग्र वातावरण निर्माण, राजनीतिक समझदारी जुटाउनेलगायतका विषय छलफलको कार्यसूची रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।