२१ जेष्ठ २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

माइतीघरमा प्रदर्शन घोषणा गरेका अभियन्ता निकोलस भुसाल बेपत्ता !



अ+ अ-

काठमाडौँ । दिउँसो २ बजे माइतीघर मण्डलामा प्रदर्शन गर्ने घोषणा गरेका अभियन्ता निकोलस भुसाल बेपत्ता भएका छन् ।

लागूऔषध सेवन गरी कार्यक्रमको घोषणा गरेको र मुठभेडको सम्भावना रहेको भन्दै प्रहरीले उनलाई नियन्त्रणमा लिन खोज्दा उनी सम्पर्कविहीन बनेका हुन् ।

प्रहरीका अनुसार भुसालको खोजी भइरहेको छ । उनको डेरामा बाहिरबाट साँचो लगाइएको छ र मोबाइल स्विच अफ छ । परिवारले पनि उनीसँग सम्पर्क नभएको बताएका छन् ।

जिल्ला प्रहरी प्रवक्ता एसपी पवन भट्टराईका अनुसार प्रदर्शनका लागि अनुमति नलिइएकाले कार्यक्रम भए नियन्त्रणमा लिइनेछ ।

यसअघि पनि भुसाल माइतीघरमा प्रदर्शनका क्रममा पक्राउ परेका थिए र स्वास्थ्य परीक्षणमा गाँजा सेवन गरेको पुष्टि भएको थियो ।