२७ जेष्ठ २०८३, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

मधेश सरकारमा सहभागी मन्त्रीलाई तत्काल फिर्ता हुन राप्रपाको निर्देशन :अन्यथा कारबाही गर्ने चेतावनी



अ+ अ-

जनकपुरधाम । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले मधेस प्रदेश सरकारमा आफ्ना सासंदको सहभागिता प्रति असन्तोष प्रकट गर्नुभएको छ ।

अध्यक्ष लिङ्देनले तत्काल सरकारबाट फिर्ता हुन निर्देशन समेत दिनु भएको छ । उहाँले निर्देशन नमाने पार्टी विधानअनुसार कारबाही गर्ने चेतावनी समेत दिनु भएको छ ।

राप्रपा अध्यक्ष लिङ्देनले मधेस प्रदेश सरकारमा राप्रपाको सहभागिताको बिषयमा गम्भीर ध्यानाकर्षण भएको र यो पार्टी अनुशासनको गम्भीर उल्लंघन भएको स्पष्ट पार्नुभएको छ ।