२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
हिमालय एयरलाइन्सद्वारा काठमाडौँ–शेन्जेन सिधा उडान सुरु अभिनेता हमालले भने: ‘सीमापार अतिक्रमण’ र ‘राज्य–प्रायोजित भू–अतिक्रमण’ अलग विषय हाे निजी क्षेत्र बिना १० वर्षमा ३० हजार मेगावाट बिजुली उत्पादनको लक्ष्य पूरा गर्न असम्भवः गणेश… कानून बनाएर मात्र न्यायधीशहरूको सम्पत्ति छानविन गरिनुपर्छ,नत्र प्रत्युत्पादक हुन्छः पूर्वप्रधानन्यायाधीश पराजुली प्रतिनिधिसभा सदस्य निर्वाचनलाई विश्वले अध्ययन गर्न लायक थियोः पूर्वप्रधानमन्त्री कार्की जनतासँगको सम्बन्ध पुनः मजबुत बनाउन आत्मसमीक्षा आवश्यक छ: महासचिव पोखरेल घट्यो सुनचाँदीको मूल्य वातावरण संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य छः नेता आङदेम्बे लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा
तपाईं के खोज्दै हुनुहुन्छ ?

डाबर नेपाल सुदूरपश्चिम रोयल्सको ‘एसोसियट’ पार्टनर



अ+ अ-

काठमाडौँ। डाबर नेपाल दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोयल्सको ‘एसोसियट’ प्रायोजक बनेको छ ।

सुदूरपश्चिम रोयल्स र डाबर नेपालबीच बुधबार काठमाडौँमा सम्झौता भएको हो । सम्झौतापत्रमा सुदूरपश्चिम रोयल्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रकाश खड्का र डाबर नेपालका मार्केटिङ प्रमुख अभया गोर्खालीले हस्ताक्षर गरे ।

सम्झौतापछि बोल्दै सुदूरपश्चिम रोयल्सका सीईओ प्रकाश खड्काले डाबरजस्तो प्रतिष्ठित कम्पनीसँगको साझेदारीले टोलीलाई थप हौसला प्रदान गर्ने बताए ।

‘डाबरजस्तो कम्पनी टोलीसँग जोडिएकोमा हामी खुसी छौँ,’ खड्काले भने, ‘यो सम्झौताले टोलीमा थप ऊर्जा र हौसला बढाएको छ।’ यता, डाबर नेपालका मार्केटिङ प्रमुख अभया गोर्खालीले यो साझेदारीलाई सुखद् अवसरको रूपमा लिएको बताए ।

उनले भने, ‘डाबर रेड पेस्ट सुदूरपश्चिम रोयल्सको ‘एसोसियट’ पार्टनर बन्न पाउँदा हामीलाई खुसी लागेको छ । यो साझेदारीले सर्वाधिक समर्थक भएको टोलीलाई नेपालको नम्बर एक टूथपेस्ट ब्रान्डसँग जोडेको छ।

सुदूरपश्चिम रोयल्सको टोलीः

दिपेन्द्र सिंह ऐरी, आरिफ शेख, बिनोद भण्डारी, अविनाश बोहरा, दिपक बोहरा, मिलन बोहरा, हेमन्त धामी, इशान पाण्डे, टेक रावत, नरेन साउद, दिपेन्द्र थापा, स्कट कुग्गेलिजन, क्रिस लिन, हर्मीत सिंह र जोस ब्राउन।

मुख्य प्रशिक्षकः जगत टमटा




भर्खरै