२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता लेबनानमा युद्धपूर्वको अवस्था सुनिश्चित हुनुपर्छः इरान सुधन गुरुङमाथि छानबिन समितिको प्रतिवेदन सोमबार बुझाउने तयारी सम्पती विवरण बुझाएर छानविन आयोगलाई सहयोग गर्छौंः काँग्रेस सभापति थापा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल अतिसङ्कटापन्न सूचीमा पर्ने ‘ब्लाक सफ्टसेल’ कछुवा लोप हुने अवस्थामा भारतको अस्पतालमा आगलागी, पाँच जनाको मृत्यु, २० घाइते कांग्रेस अनुशासन समितिको निर्णय : बारा सभापति यादव निलम्बित, अन्यलाई निर्देशन र सफाइ अनौपचारिक श्रम बजारमा ज्याला ठगी व्यापक, ६६ प्रतिशत श्रमिकले पाएनन् पूरा पारिश्रमिक सीमा मुद्दामा प्रधानमन्त्रीलाई खलनायक बनाउन हतार नगर्न रास्वपा सचेतक धितालको आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

बिडिसिए कपः दशरथचन्द एकेडेमी विजयी



अ+ अ-

बैतडी। बिडिसिए कपको २२औँ संस्करण अन्तर्गत आज सम्पन्न खेलमा दशरथचन्द एकेडेमी विजयी भएको छ । एकेडेमीले थालिगडा क्रिकेट क्लबलाई १०६ रनले पराजित गरेको हो।

जितका लागि २७७ रनको लक्ष्य पछ्याउने क्रममा थालिगडा १९.२ ओभरमा १७० रनमा समेटियो। उसका लागि अमन तिरूवाले ५० र लोकेन्द्र रावलले ४४ रन बनाए । बलिङतर्फ एकेडेमीका निखिल चन्दले ३, दिनेश महरा र सुमित रावलले दुई दुई विकेट लिए ।

यसअघि दशरथचन्द क्रिकेट मैदान, सुन्दरखालीमा पहिला ब्याटिङ गरेको एकेडेमीको पारी ३७ ओभरमा २७६ रनमा समेटियो । उसका लागि आयुश चन्दले ८७, प्रयास रावलले ६६ र सुनिल चन्दले ५३ रन जोडे । बलिङतर्फ थालिगडाका नरेश रावलले ३ तथा जितु रावलले २ विकेट लिए । एकेडेमीका आयुश चन्द म्यान अफ दी म्याच घोषित भए ।

बैतडी जिल्ला क्रिकेट सङ्घको आयोजनामा यही कात्तिक २१ गतेदेखि  सुरू भएको प्रतियोगिता आगामी मङ्सिर ५ गते सम्पन्न हुनेछ । रासस