१८ असार २०८३, बिहीबार
,
Latest
रूपन्देहीमा फलफूल तथा बहुउपयोगी बिरुवा वितरण अभियान सुरु नयाँ बसपार्कमा यात्रुलाई सास्ती दिने २३ जना पक्राउ चितवनमा दुई लाखभन्दा बढी बाख्रालाई पिपीआर खोप सहकारी विधेयक प्रतिनिधि सभाबाट बहुमतले पारित अन्तरप्रदेश सार्वजनिक यातायातको भाडा २ प्रतिशत घट्यो, आजदेखि लागू दुर्घटना अपडेटः फोर्स गाडी कर्णालीमा डुब्दा उद्धारमा कठिनाइ सरकारको दाबी : फिफाको एन्फा निलम्बन अहिलेको हस्तक्षेपका कारण मात्रै होइन जनताको करबाट सहकारी बचत फिर्ता गर्न नहुने : सांसद पार्वती विक कर्णालीमा खसेको गाडीमा १४ जना सवार रहेको अनुमान मन्त्रालयमा सल्लाहकार नियुक्तिबारे सरकारः पाँचमध्ये एक जना मात्र वैतनिक सल्लाहकार हुन्
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘अनुसन्धान शोधवृत्ति’का लागि शोधकर्ता आव्हान



अ+ अ-

काठमाडौँ। एकीकृत, सन्तुलित र सर्वाङ्गीण महानगर निर्माणमा अनुसन्धान गर्न काठमाडौँ महानगरपालिकाले ‘अनुसन्धान शोधवृत्ति’का लागि १० वटा विषयमा शोधकर्तालाई आह्वान गरेको छ ।

अनुसन्धानको परिणामसँग नीतिगत निर्णयको सम्बन्ध, कार्यान्वयन वा उपयोगिता, पूर्वाधार तथा सामाजिक विकासमा आधारित परिणाम, आवश्यकतामा आधारित परियोजना जस्ता विषयलाई प्राथमिकतामा राखेर यस वर्ष अध्ययनका विषय छनोट गरिएको कामपा सहरी योजना आयोगका सहायक विज्ञ विवेक बाँस्तोलाले जानकारी दिनुभयो ।

विज्ञ बाँस्तोलाका अनुसार अनुसन्धानबाट प्राप्त तथ्यले काठमाडौँको सन्तुलित, एकीकृत र सर्वाङ्गीण विकासका लागि सहयोग गर्नेछ । सो तथ्य कामपाले तर्जुमा गर्ने नीति, योजना तथा कार्यक्रम र बजेट विनियोजन प्रक्रियालाई तथ्य र आवश्यकतामा आधारित बनाउनमा प्रयोग गरिने छ ।

महानगरले इतिहास, कला, संस्कृति, परम्परा, भाषा, साहित्य, सहरी योजना, सहरी डिजाइन, वास्तुकला, यातायात, भौतिक पूर्वाधार, जनसाङ्ख्यिकीय, समाजशास्त्रीय वा मानवशास्त्रीय अध्ययनलगायत विषयलाई प्राथमिकतामा राखेर विषयगत ज्ञान, अनुभव र विशेषज्ञता हासिल गरेका विज्ञहरूबाट अनुसन्धान गराउँदै आएको छ ।

यस वर्षका लागि कामपाले सहरी सुशासन र विश्वव्यापी प्रतिस्पर्धा, महानगरको पहिचानमा सांस्कृतिक विविधता, गुणस्तरीय सहरी बसोबास, आर्थिक समृद्धिका लागि नवप्रवर्तन, सहरी यातायात प्रणालीको पूर्वाधार, वातावरण, जलवायु र उत्थानशीलता, सामाजिक समावेशीकरण र समता, शिक्षा तथा सांस्कृतिक आदानप्रदान, सुरक्षा, स्वास्थ्य र कल्याण र तथ्याङ्कमा आधारित अनुगमन मूल्याङ्कन प्रणालीको संस्थागत विकासलाई क्षेत्रगत शोध विषयका रूपमा चयन गरेको छ ।

छानिएका आवेदकलाई महानगरपालिकाले करसहित रु एक लाख ५० हजार उपलब्ध गराउने जनाएको छ ।