१८ असार २०८३, बिहीबार
,
Latest
सरकारका १०० दिनः विज्ञान प्रविधिसँगै नवप्रवर्तन मन्त्रालयको नयाँ अभ्यास बोस्नियालाई पराजित गर्दै अमेरिका अन्तिम १६ मा प्रवेश प्रतिनिधिसभा बैठक बस्दै, यी चार विधेयक पारित गर्ने सरकारको तयारी यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य पाल्पामा डिएपी मलको माग बढ्दो, युरियाको खपत घट्दो प्रजातन्त्रमा कस्तो चाहिन्छ नागरिक शिक्षा ? सामाजिक सुरक्षा कोष र सञ्चय कोषका सदस्यलाई किस्ट शिक्षण अस्पतालमा सहज तथा गुणस्तरीय स्वास्थ्य सेवा फिफा विश्वकप : बेल्जियम अन्तिम १६ मा, सेनेगल बाहिरियो अमेरिकी स्वतन्त्रता दिवस ‘रिसेप्सन’ समारोहमा उपराष्ट्रपति यादव सहभागी ठेक्का सम्झौता भएको पाँच वर्षपछि सडक स्तरोन्नति
तपाईं के खोज्दै हुनुहुन्छ ?

याङ्मामा ब्वाँसोको त्रास



फाईल फोटो
अ+ अ-

ताप्लेजुङ, ७ पुसः यहाँको फक्ताङलुङ गाउँपालिका– ७ ओलाङचुङगोला स्थित हिमाली बस्ती याङ्मामाका पशुपालक किसान बर्सेनि जङ्गली जनावर ब्वाँसोका कारण पीडितहुँदै आएका छन् ।

उनीहरुलाई याक र चौरीलाई ब्वाँसोको आक्रमणबाट मरेपछि हरेक वर्ष लाखौँको क्षति बेहोर्नु परेको छ । यसवर्ष केही दिन अघि याङ्माकालोप्साङ शेर्पा र नाम्ग्या शेर्पाको गोठमा रहेका तीन चौरी ब्वाँसोको आक्रमणबाट मरेका छन् । अन्य पशुपालकसमेतका गरी यसवर्ष हालसम्म नौ चौरी मरेका छन् ।

फक्ताङलुङ गाउँपालिका– ७ ओलाङचुङगोलाका वडाअध्यक्ष छेतेन शेर्पाका अनुसार अघिल्लो वर्ष मात्र यस क्षेत्रमा ३० भन्दाबढी चौपाया ब्वाँसोको आक्रमणमा परेर मरेका थिए । बर्सेनि हुने यस्ताआक्रमणका कारण यहाँका किसानले आर्थिक क्षति बेहोर्नु परेको छ । एउटा चौरीको मूल्य कम्तीमा रु ६० हजारसम्म पर्छ भने चीनको तिब्बत लैजाँदा यसको मूल्य दोब्बर पर्न जान्छ ।

यसरी ब्वाँसोको आक्रमणबाट बर्सेनि घाटा बेहोर्नुपरे पनि यसको नियन्त्रण तर्फ राज्यले खासै चासो नदिएको स्थानीयवासीको गुनासो छ । राहत उपलब्ध गराइए पनि अत्यन्त न्यून मात्र पाइने गरिएको पशुपालक लोप्साङ शेर्पाको भनाइ छ । नौ घरधुरी मात्र रहेको याङ्माका बासिन्दाको मुख्य पेसा नै पशुपालन हो । यही पेसाबाट जीविकोपार्जन गर्दैआएका उनीहरूलाई ब्वाँसोको आक्रमणले लामो समयदेखि दुःख दिँदै आएको छ ।

विशेषगरी जाडोयाममा ब्वाँसोको हुल नै यसक्षेत्रमा आउने गरेका छ्न । यहाँका बासिन्दाले वर्षौंँदेखि यसैगरी ब्वासोबाट सास्ती खेप्नुपरेको छ ।

यसरी पशुचौपाया मरेका परिवारलाई उचित राहतको प्रबन्ध गर्न न्यून बजेटका कारण समस्या हुने गरेको अध्यक्ष शेर्पाले बताउनुभयो । बजेट अत्यन्तै कम हुने भएकाले पशुपालकका समस्या उचित रूपमा सम्बोधन गर्न नसकिएको अध्यक्ष शेर्पाको भनाइ छ ।

सङ्घ, प्रदेश सरकारले नै यसको नियन्त्रण र राहतमा ध्यान दिनपर्नेमा अध्यक्ष शेर्पाको जोड छ । उक्त ब्वाँसोलाई स्थानीयले च्याङु भनेर चिन्ने गरेका छन । वर्षातका समयमा भने उक्त ब्वासो देखिने गरेको छैन । पशुपालक लोप्साङ शेर्पाका अनुसार वर्षातको समयमा यो जनावर चीनतर्फ जाने वा अन्यत्र कता जान्छ भन्ने यकिन हुँदैन ।

हिउँ चितुवा जस्तै यस जनावरमा पनि (ट्याकिङ उपकरण) जडान गरी यसको आवागमन र आचरणबारे अध्ययन गर्न सकिएमा प्रभावकारी हुने अध्यक्ष छेतेन शेर्पाले सुझाव दिनुभयो ।
रासस