५ असार २०८३, शुक्रबार
,
Latest
नेपालमा ढिला प्रवेश भयो मनसुन लेबनानमा इजरायली आक्रमणमा परी ४७ जनाको मृत्यु, ९७ घाइते इजिप्टमा आइतबार अमेरिका–इरान युद्धका मध्यस्थकर्ताबीच छलफल हुने इरानसँगको सम्झौताले नागरिकको अधिकारको मुद्दालाई सम्बोधन नगरेको विज्ञको भनाइ सामूहिक आवासका लागि पाँच करोड विनियोजन नेपाल राष्ट्र बैंकद्वारा तलब भत्तासम्बन्धी मार्गदर्शन जारी ठूलो र चर्को ध्वनि निकाल्ने एक हजार ३२९ मोटरसाइकल कारबाहीमा हेटौँडाका उद्योगबाट चार करोड बक्यौता संकलन रास्वपा प्रथम महाधिवेशनः उच्च प्राथमिकतामा सुरक्षा रसुवा भन्सारमा ईभी जाँचपास अनियमितता : १३ कर्मचारी निलम्बित, आयातकर्ता कम्पनीमाथि कारबाही प्रक्रिया
तपाईं के खोज्दै हुनुहुन्छ ?

गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोग विरुद्धको रिट खारेज



अ+ अ-

काठमाडौँ: सर्वोच्च अदालतले गत भदौ २३ र २४ को घटनासम्बन्धी जाँचबुझ आयोगका अध्यक्ष गौरीबहादुर कार्की र सदस्यहरू विज्ञानराज शर्मा र विश्वेश्वरप्रसाद भण्डारीविरुद्धको रिट निवेदन खारेज गरेको छ ।

न्यायाधीशहरू डा मनोजकुमार शर्मा, नहकुल सुवेदी र श्रीकान्त पौडेलको पूर्ण इजलासले आज निर्देशनात्मक आदेश जारी गर्दै रिट निवेदन खारेज हुने फैसला सुनाएको हो ।

यसअघि, न्यायाधीशद्वय हरिप्रसाद फुँयाल र अब्दुल अजीज मुसलमानको संयुक्त इजलासले लिखित जवाफ माग गर्दै कारण देखाऊ आदेश जारी गरेको थियो ।

आयोगका अध्यक्ष कार्कीसहितलाई विपक्षी बनाएर अधिवक्ता विपीन ढकालले आज दायर गर्नुभएको रिट निवेदनमा आयोगका पदाधिकारीहरू निष्पक्ष छानबिन र विषयवस्तुबारे तटस्थ नभएको उल्लेख गरिएको थियो ।

सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाका अनुसार रिट खारेज हुने फैसला भएको छ । निर्देशनात्मक आदेश लिखित रूपमा आउन भने बाँकी छ । यो फैसलासँगै जाँचबुझ आयोगको वैधानिकतामाथिको प्रश्न टुङ्गिएको छ ।