२१ जेष्ठ २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

दाउन्ने क्षेत्रमा यातायात अवरुद्ध, अत्यावश्यक बाहेक सवारीलाई विकल्प खोज्न आग्रह



फाइल फोटो
अ+ अ-

काठमाडौं। नारायणघाट-बुटवल सडकको दाउन्ने खण्डमा अत्यावश्यकबाहेक सवारी साधन लिएर यात्रा नगर्न सडक आयोजनाले आग्रह गरेको छ ।

आयोजनाले ३ दिनयता दाउन्ने खण्डमा लगातार भारी शितलहर हुँदा सडक चिप्लो भएको भन्दै सवारीमा यात्रा नगर्न भनेको हो ।

‘दाउन्ने खण्डमा निर्माणको काम भइरहेको हुँदा केही स्थानहरूमा एकतर्फी सवारी आवतजावत भइरहेको अवस्थामा विगत ३ दिनदेखि परेको भारी शितलहरका कारण दाउन्ने खण्डको सडक अत्यन्त चिप्लो भई साना तथा ठूला सवारी साधनहरू चिप्लिने, अड्किने तथा बिग्रने कारणहरूले सवारी आवागमनमा गम्भीर अवरवध उत्पन्न भई यात्रा गर्न कठिन भएको जानकारी गराइन्छ,’ नारायणघाट बुटवल सडक योजनाले जारी गरेको सूचनामा उल्लेख छ ।

फोटो- रेडियो दाउन्नेको फेसबुकबाट