२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
त्रिशूली नदीमा माछा मार्ने क्रममा किशोर बेपत्ता बिपी राजमार्गः रातको समयमा अनिश्चितकालीन बन्द थप मौलिक हक कार्यान्वयन गर्न आयोगको आग्रह नेपाल–भारत सीमा मुद्दा संवादमार्फत टुंग्याउनुपर्छः रवि लामिछाने रास्वपा सभापति लामिछाने स्वदेश फिर्ता जेलेन्स्कीले पुटिनलाई लेखेको पत्र समय सापेक्ष निर्णय : इयू गुल्मीमा रास्वपा सांसद सागर ढकाल सवार गाडी दुर्घटना महिला आयोगका सदस्य पौडेलद्वारा लिखित ‘नारी रेखा’ लोकार्पण एनआरएनए एनसिसि पोर्चुगलद्वारा २६ हजार युरोभन्दा बढी आर्थिक अनियमितताको दाबी, अघि बढाइयो कानुनी प्रक्रिया बुढीगण्डकीलाई बहुउद्देश्यीय बनाउन प्राधिकरण मोडलमा अगाडि बढाइँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

जनमत पार्टीले धोती लगाएर मनायो राष्ट्रिय पोशाक दिवस (तस्बिरसहित)



अ+ अ-

काठमाडौँ । डा. चन्द्रकान्त राउत नेतृत्वको जनमत पार्टीले राष्ट्रिय पोशाक दिवस मनाएको छ ।

बिहीवार अंग्रेजी नयाँ वर्षको अवसर पारेर धोती दिवस मनाएको हो । पार्टीका नेता तथा कार्यकर्ताहरू धोती लगाएर काठमाडौंको माईतीघर मण्डलामा भेला भएका थिए । कार्यक्रममा सहभागीहरूले धोती टोपी एक हौं, धोती हाम्रो गर्व हो, मधेसको पहिचान हो जस्ता नारा लगाएका थिए ।

जनमत पार्टीले धोतीलाई मधेसी समुदायको सांस्कृतिक धरोहरको रूपमा उजागर गर्दै पहाडी समुदायबाट मधेसीमाथि हुने दुव्र्यवहारको विरोधमा यो दिवस मनाएको जनाएको छ । पार्टीले यसअघि नै सबै जिल्लामा धोती दिवस मनाउन परिपत्र जारी गरेको थियो । यो कार्यक्रमले नेपालको बहुसांस्कृतिक विविधतालाई सम्मान गर्दै राष्ट्रिय एकताको सन्देश दिएको पार्टीको दाबी छ ।

 तस्बिरहरुः अनुप प्रधान/ न्युज एजेन्सी नेपाल