२४ जेष्ठ २०८३, आईतवार
,
Latest
प्रधानमन्त्री बालेनको अभिव्यक्तिमाथि बस्नेतको टिप्पणी : संयम र संस्थागत मर्यादा आवश्यक छ वेस्ट बैंकमा इजरायली सेनाको गोलीबारीमा सात महिने प्यालेस्टिनी शिशुको मृत्यु राम्दीमा नेपालकै पहिलो ‘कन्क्रिट फिल्ड स्टिल ट्युब आर्च’ पुल निर्माण अन्तिम चरणमा, असारभित्र सञ्चालनमा ल्याउने… रास्वपा झापा जिल्लामा ओमनाथ भण्डारी राजा शाक्य बने रास्वपा काठमाडौँको सभापति शुक्लाफाँटामा युवा सम्मेलनः जलवायु सङ्कटविरुद्ध सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता कोप–३१ सम्मेलनको तयारीका लागि टर्किएद्वारा अन्तर्राष्ट्रिय वातावरणीय मञ्चको आयोजना यी २८ जिल्लामा आज हुँदैछ रास्वपाको अधिवेशन नेपालको कसिलो बलिङ, ओमान ९४ रनमा अलआउट रास्वपा सुनसरी सभापतिमा दाहाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेसमा किचलो: विशेष महाधिवेशनका लागि हल बुकिङ



अ+ अ-

काठमाडौं: नेपाली कांग्रेस विशेष महाधिवेशन पक्षधरले विशेष महाधिवेशनको लागि भन्दै हल बुकिङ गरेका छन् ।

पुस २७ र २८ गतेका लागि भृकुटीमण्डपमा  विशेष महाधिवेशनका लागि हल बुकिङ गरिएको विशेष महाधिवेशन तयारी समितिका सदस्य रमेश धमलाले जानकारी दिनुभयो ।

कांग्रेस महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगनकुमार थापाको सहमतिमा विशेष महाधिवेशनको लागि हल बुकिङ गरिएको जनाईएको छ ।

कांग्रेस १४औं महाधिवेशनका ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरुले विशेष महाधिवेशनको माग गर्दै केन्द्रीय कार्यालयमा हस्ताक्षर बुझाएका थिए ।

कांग्रेसको विधानअनुसार ४० प्रतिशत महाधिवेशन प्रतिनिधिहरुले माग गरेको खण्डमा ३ महिनाभित्र विशेष महाधिवेशन बोलाउनुपर्ने हुन्छ । ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरुले विशेष महाधिवेशनको माग गर्दै हस्ताक्षर बुझाएको यही पुस २८ गते ३ महिना पुग्दैछ ।

नियमित महाधिवेशनको मिति तोकिए पनि सो मितिमा पार्टीको १५औं महाधिवेशन नहुने पक्का भएपछि विशेष महाधिवेशन पक्षधरहरुले विशेष महाधिवेशनको तयारी थालेका हुन् ।