काठमाडौं: नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्प्सनले आज प्रधानमन्त्री सुशीला कार्कीसमक्ष बिदाइ भेट गर्नुभएको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नेपाल सहित विश्वका विभिन्न ३० देशका राजदूतलाई फिर्ता बोलाउने क्रममा थम्प्सन पनि स्वदेश फर्कन लाग्नु भएको हो । थम्प्सन सन् २०२२ अक्टोबरमा नेपालका लागि राजदूत नियुक्त हुनु भएको थियो । उहाँ र्यान्डी बेरीको ठाउँमा नेपाल आउनु भएको थियो ।
भेटका क्रममा परराष्ट्र सचिव अमृत राइ लगायतको उपस्थिति थियो ।













