२१ जेष्ठ २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

मङ्सिर यता ५२ वटा लागुऔषधका मुद्दा



अ+ अ-

चितवन। जिल्ला प्रहरी कार्यालय चितवनमा मङ्सिरदेखि पुस २० गतेसम्म लागुऔषधका ५२ वटा मुद्दा दर्ता भएका छन् ।

ती मुद्दामा ८१ जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा ७८ जना पुरुष र तीन जना महिला रहेका छन् ।

उनीहरुको साथबाट ३१ किलोग्राम गाँजा, २२० ग्राम खैरो हिरोइन, नौ ग्राम चरेस, पाँच हजार १२८ एम्पुल ट्रामाडोल, १३१ एम्पुल डाइजेपाम, १३१ एम्पुल फेनरागन र १३१ एम्पुल नुर्फिन नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालले जानकारी दिनुभयो ।

यसैबीच आज बिहान १२४ किलो गाँजासहित दुई जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा जिल्लाको राप्ती नगरपालिका–११ बस्ने ३३ वर्षीय वीरबहादुर तामाङ र ३१ वर्षीय हीरालाल तामाङ रहेका छन् ।

दुवै जनालाई लागुऔषधसम्बन्धी मुद्दा दर्ता गरी थप अनुसन्धान गरिएको प्रहरी नायब उपरीक्षक खनालले जानकारी दिनुभयो ।रासस