१६ असार २०८३, मंगलवार
,
Latest
मध्यपूर्व सङ्कटले अरब मुलुकलाई १९४ अर्ब डलरसम्मको आर्थिक क्षति हुनसक्ने राष्ट्रसङ्घको चेतावनी कतारमा रहेका अमेरिकी प्रतिनिधिले इरानी अधिकारीसँग प्रत्यक्ष वार्ता नगर्ने ९७ प्रतिशत बालबालिकालाई दादुराविरुद्धको खोप कम्पनीको प्यान नम्बर र प्रमाणपत्र सोझै डाउनलोड गर्न सकिने खोटाङ पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा अमरसिंह थापाको जन्म गोरखाको सिरानचोकमा भएको इतिहासविद्हरूको दाबी मदन भण्डारी विश्वविद्यालयलाई २१ करोड बजेट विनियोजन कालीगण्डकी बेवारिसे शव फेला बागमती प्रदेशसभा बैठक : पूर्वाधार विकासमा जोड दिने मन्त्री तामाङको प्रतिबद्धता साउदी अरब सरकारद्वारा ३३ जना नेपाली कैदीबन्दीलाई आममाफी
तपाईं के खोज्दै हुनुहुन्छ ?

कामनपाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत प्रदीपले पाए विशेष अदालतबाट सफाइ



अ+ अ-

काठमाडौँ, २२ पुस : विशेष अदालत काठमाडौँले महानगरपालिकाका पूर्वप्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारसहितलाई सबैलाई सफाइ दिएको छ । न्यायाधीशहरू नारायणप्रसाद पौडेल, हेमन्त रावल र उमेश कोइरालाको इजलासले आज ढल निर्माणमा भ्रष्टाचार नगरेको ठहर गर्दै परियारसहित सबैलाई सफाइ हुने फैसला गरेको हो ।

फैसलामा भनिएको छ, “आधार कारणसमेतबाट प्रतिवादीहरू प्रदीप परियार, रविनमान श्रेष्ठ, शिवराज अधिकारी, वसन्त आचार्य, नमराज ढकाल, उत्तम दाहाल र जनार्दन गिरी उपरको आरोपदाबी पुष्टि हुन नसकेको हुँदा निज प्रतिवादीहरूले आरोप दावीबाट सफाई पाउने ठहर्छ ।”

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले ढल निर्माणको ठेक्कामा अनियमितता गरेको आरोपमा परियारसहित सात जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो । सामाखुसी कोरिडोरअन्तर्गत वसुन्धरादेखि म्हेपीसममको ढल निर्माण कार्यको ठेक्कामा तत्कालीन प्रमुख प्रशासकीय अधिकृत परियारसहितको मिलेमतोमा भ्रष्टाचार भएको अख्तियारको जिकिर थियो ।

फैसलामा भनिएको छ, “प्राविधिक प्रस्तावमै अनुत्तीर्ण भएपश्चात आर्थिक प्रस्तावमा कबुल गरिएको अङ्कका बारेमा मूल्याङ्कन समिति तथा निर्णय गर्ने अधिकारीलाई जानकारी हुन नसक्ने अवस्थामा कम अङ्क कबोल गर्ने बोलपत्रदातालाई बाहेक गरी बढी अङ्क कबोल गर्ने बोलपत्रदातासँग सम्झौता गरी रकम हानिनोक्सानी तथा दुरूपयोग गरे गराएको भनी मान्न सकिने अवस्था पनि देखिएन ।”रासस