१६ असार २०८३, मंगलवार
,
Latest
मध्यपूर्व सङ्कटले अरब मुलुकलाई १९४ अर्ब डलरसम्मको आर्थिक क्षति हुनसक्ने राष्ट्रसङ्घको चेतावनी कतारमा रहेका अमेरिकी प्रतिनिधिले इरानी अधिकारीसँग प्रत्यक्ष वार्ता नगर्ने ९७ प्रतिशत बालबालिकालाई दादुराविरुद्धको खोप कम्पनीको प्यान नम्बर र प्रमाणपत्र सोझै डाउनलोड गर्न सकिने खोटाङ पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा अमरसिंह थापाको जन्म गोरखाको सिरानचोकमा भएको इतिहासविद्हरूको दाबी मदन भण्डारी विश्वविद्यालयलाई २१ करोड बजेट विनियोजन कालीगण्डकी बेवारिसे शव फेला बागमती प्रदेशसभा बैठक : पूर्वाधार विकासमा जोड दिने मन्त्री तामाङको प्रतिबद्धता साउदी अरब सरकारद्वारा ३३ जना नेपाली कैदीबन्दीलाई आममाफी
तपाईं के खोज्दै हुनुहुन्छ ?

रोजगारी बढाउने गरी काम गछौँः मन्त्री घिसिङ



अ+ अ-

ललितपुर। ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङले इन्जिनियरिङ पेसालाई सम्मानित बनाउन तथा रोजगारी बढाउन ध्यान दिएर काम गर्ने बताउनुभएको छ ।

नेपाल इन्जिनियर्स एसोसिएसनद्वारा आज यहाँ आयोजित ‘मन्त्रीसँग इन्जिनियरका कुराः पेसागत मुद्दा सम्बोधन’ विषयक अन्तक्र्रिया कार्यक्रममा मन्त्री घिसिङले इन्जिनियरको न्यूनतम पारिश्रमिक तोक्नुपर्नेमा जोड दिँदै यसका लागि श्रम मन्त्रालयले नै व्यवस्थापन एवं निर्देश गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो ।

“इन्जिनियरहरुका समस्या समाधान गर्न ध्यान दिन्छौँ, आर्थिक रुपान्तरणले नै इन्जिनियरहरुको रोजगारीमा प्रभाव पार्छ, निजी एवं सार्वजनिक संस्थानमा इन्जिनियरको धेरै माग छ, माग अनुसार पदपूर्ति नहुँदा काम गर्न समस्या भएको छ”, मन्त्री घिसिङले भन्नुभयो ।

कतिपय निजी कम्पनीले गैरप्राविधिक राखेर पनि काम गरिरहेको उल्लेख गर्दै उहाँले रोजगारी सिर्जनाका लागि नीतिगत व्यवस्था आवश्यक भएको बताउनुभयो ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवप्रसाद शर्माले इन्जिनियरका समस्या समाधान गर्न ऐन कानुन संशोधन गर्नेलगायतका काममा मन्त्रालयले सहजीकरण गर्ने बताउनुभयो । सहरी विकास मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देलले नेपाली बजारमा दक्ष इन्जिनियरको माग अत्यधिक भएको तर आपूर्ति हुन नसेको बताउनुभयो ।

नेपाल इन्जिनियर्स एसोसिएसनका अध्यक्ष इन्जिनियर सुवासचन्द्र बरालले इन्जिनियरिङ सेवासँग जोडिएका समस्या समाधान गर्न अन्तक्र्रियाबाट मद्दत पुगेको बताउनुभयो । एसोसिएसनका महासचिव इन्जिनियर विनोदप्रकाश पण्डितले सरकारले ऐन कानुन संशोधन गरी विभिन्न तहका इन्जिनियरलाई समेट्ने गरी स्रोत र साधनको व्यवस्थापन गर्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा इन्जिनियरहरु ठाकुरप्रसाद शर्मा, दीपकप्रसाद बास्तोला र जीवराज पोखरेल, एसोसिएसनका सहकोषाध्यक्ष इन्जिनियर कृष्णप्रसाद पोखरेललगायतले आ–आफ्नो धारणा राख्नुभयो ।रासस