२४ जेष्ठ २०८३, आईतवार
,
Latest
सङ्खुवासभामा विपन्न वर्गका १५ जनाको निःशुल्क शल्यक्रिया समग्र स्वास्थ्य क्षेत्रको सुधारमा सरकारले जोड दिइरहेको छः मन्त्री मेहता बागमती र कोशीका १८ जिल्लामा रास्वपाको नयाँ कार्यसमिति प्रतिपक्षले विरोधमात्र गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्छ : पूर्वगृहमन्त्री गुरुङ विकास, सम्मृद्धि र सुशासनको पक्षमा निरन्तर काम गर्छौंः महामन्त्री बुर्लाकोटी इभीका लागि देशभर १० हजार चार्जिङ स्टेसन निर्माण गर्न सुझाव शैक्षिक परामर्श क्षेत्रलाई राज्यले नै अपराधीकरण गर्न खोज्योः इक्यान अध्यक्ष पौडेल स्वास्थ्य बिमा सुधारका लागि ऐन नै संशोधन गर्नुपर्ने हुन्छः स्वास्थ्य सचिव देवकोटा धनगढी उपमहानगरद्वारा नौ सयभन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल प्रतिबद्ध छः परराष्ट्रमन्त्री
तपाईं के खोज्दै हुनुहुन्छ ?

सावित्रा भण्डारी ‘साम्बा’ घुँडाको गम्भीर चोटका कारण लामो समय मैदान बाहिर रहने



अ+ अ-

काठमाडौँ । नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी प्रमुख फरवार्ड सावित्रा भण्डारी ‘साम्बा’ दायाँ घुँडामा गम्भीर चोट लागेपछि लामो समयसम्म फुटबल मैदान बाहिर रहने भएकी छन्।

उनको क्लब वेलिङ्टन फिनिक्स फुटबल क्लबले सार्वजनिक गरेको जानकारीअनुसार सावित्राको दायाँ घुँडामा चोट लागेको हो। चिकित्सकको सल्लाहअनुसार उनी ९ देखि १२ महिनासम्म खेल गतिविधिबाट बाहिर रहनेछिन्।

यस चोटका कारण साम्बाले क्लबका आगामी खेलहरू मात्र होइन, नेपाली राष्ट्रिय टोलीका केही महत्वपूर्ण प्रतियोगिताहरू पनि गुमाउने सम्भावना छ। उनको अनुपस्थितिले क्लब र राष्ट्रिय टोली दुवैलाई ठूलो धक्का पुगेको छ।

सावित्रा भण्डारी नेपाली महिला फुटबलको एक प्रमुख खेलाडी हुन्। वेलिङ्टन फिनिक्स फुटबल क्लबले हाल उनको उपचार तथा पुनःस्थापना प्रक्रिया सुरु भइसकेको जनाएको छ।