२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु कीर्तिपुर होल्डिङ सेन्टरमा भेषराज दर्जीको निधनपछि अध्यक्ष घिसिङले उठाए सरकारको जिम्मेवारीमाथि प्रश्न कर्णालीमा सुविधासम्पन्न क्रिकेट मैदान बनाउँछौँः मुख्यमन्त्री कँडेल ‘चुरे सङ्कटः नीति र यथार्थबीचको द्वन्द्वको नमूना’ सम्पर्कविहीन निजामती कर्मचारीको खोजीमा सरकार, ३ दिनभित्र हाजिर अद्यावधिक नगराए कारवाही अगाडी बढाइने लागुऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ कालीगण्डकी करिडोरः खामभित्तामा पहिरो रोकथाम योजना भरतपुर कारागारका कैदीमा ‘भाइरल’ ज्वरो यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य मत्स्य स्रोत संरक्षणका लागि विश्व समुदायको ध्यानाकर्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

अब संविधान सभाबाट संविधान बन्ने कल्पना गर्न सकिँदैनः झलनाथ खनाल



अ+ अ-

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले अब संविधान सभाबाट संविधान बन्ने कल्पना गर्न नसकिने बताउनुभएको छ ।

बुधवार नेपाल राष्ट्रिय अभिभावक संघको २४ औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले २४ घण्टामा भएको जेन–जी प्रदर्शनले देश सखाप बनाएको भन्दै अब २५ वर्ष पछि देश धकेलिएको बताउनु भयो । उहाँले जेन–जी प्रदर्शन कसैलाई गर्व लागे पनि वास्तवमा संविधान सखाप बनाउने काम भएको बताउनु भयो । उहाँकाअनुसार संविधान तोडफोड गरिएको छ, अब अर्को संविधान सभा बनेर संविधान बन्ने कल्पना पनि गर्न सकिँदैन । नेपाल संवैधानिक हिसावले अग्रगामी देश भएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘२४ घण्टाको बीचमा त्यो प्रकारको विध्वंश भयो । त्यो निर्माण गर्न कम्तिमा २५ वर्ष भन्दा अघि निर्माण गर्न सकिँदैन । कसैलाई यो आन्दोलनमा गर्व लाग्छ होला । भयंकर ठूलो, क्रान्ति हो भन्ने लाग्छ होला । तर भएकै संविधान पनि झन्डै झन्डै समाप्त भएको । अलि अलि तोडफोड गरेर बाँकी रहेको छ । संविधानको तोडफोड भयो । सग्लो संविधान त छैन । त्यो संविधान सभाले बनाएको हो । अब अर्को संविधान बनेर अर्को संविधान बन्ने कल्पना पनि गर्न सकिँदैन । अब हुँदैन त्यो । पहिलो पटक संविधान सभाबाट बन्यो । संविधान सभाबाट बनेका संविधान ४२ वटा मात्रै छन् । त्यसअर्थमा नेपाल त संवैधानिक हिसावले अग्रगामी देश हो । अहिले हामी एउटा अफ्ठ्यारो अवस्थाबाट अघि बढ्दैछौँ ।’

नेता खनालले देश अहिले अफ्ठ्यारो स्थितिबाट अघि बढिरहेको बताउनु भयो ।