१ असार २०८३, सोमबार
,
Latest
कालीकोटको पलाँतामा सञ्चालित स्वास्थ्य शिविर नेपालको आँखा स्वास्थ्य सेवामा फड्कोः ‘गुणस्तर सुनिश्चित प्रणाली कार्यान्वयन’ गरिँदै काभ्रेको नदी-तटीय क्षेत्रमा मौसम मापन उपकरण राखिँदै ट्राफिक प्रहरीद्वारा एकै दिन साढे १० लाख राजस्व संकलन लुम्बिनी प्रदेश सरकारको बजेट आज मलेसियाको खुद्रा व्यापारमा पहिलो त्रैमासिकमा ३.७ प्रतिशतको वृद्धि अमेरिका र इरानबीतको ऐतिहासिक शान्ति सम्झौता पूर्ण रुपमा सम्पन्न भएको ट्रम्पको दाबी मुक्तिनाथ बाबाको सपनामा निर्मित एक सुप्रसिद्ध तीर्थस्थल- फोटो फिचर यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य संघीय संसद्का दुवै सदनको बैठक बस्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

सबैलाई एकतावद्ध गरेर लैजानेबारे छलफल जारी छः धनराज गुरुङ



अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका उपसभापति धनराज गुरुङले सबैलाई एकतावद्ध गरेर लैजानेबारे छलफल जारी रहेको बताउनुभएको छ ।

बिहीवार पार्टी केन्द्रिय कार्यालयमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो । महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशनको आह्वान गरिसकेको सन्दर्भमा केन्द्रिय कार्यसम्पादन समितिले भने नियमित महाधिवेशनको तालिका सार्वजनिक गरेको छ । पुस २६ गतेदेखि महामन्त्रीद्वयले बोलाउनुभएको विशेष महाधिवेशन र नियमित महाधिवेशनबारे सबैलाई मिलाएर लैजानेबारेमा छलफल चलिरहेको उपसभापति गुरुङले बताउनु भयो । सबैको चाहना पार्टी बलियो होस् भन्ने नै रहेको बताउनु भयो ।

हाँले भन्नुभयो, ‘कहीँ न कहीँबाट सबैलाई मिलाएर लैजाने कुरामा हाम्रो छलफल भएको छ । सबै कुरा मिलाएर लैजाने कुरा भएको छ । सबैको चाहना पार्टी बलियो होस् भन्ने नै हो । पार्टीलाई झगडा हुने ठाउँमा नपु¥याऔँ । पार्टी एकतावद्ध भएर अघि बढ्नुपर्छ । अन्तिमसम्म पनि हामी पार्टीलाई एक बनाएर जाने कुरामा आश गरौँ ।’

उपसभापति गुरुङले पार्टीमा गरेको त्याग र बलिदानलाई सम्झिएर एक हुनुपर्ने बताउनु भयो ।