१ असार २०८३, सोमबार
,
Latest
ट्राफिक प्रहरीद्वारा एकै दिन साढे १० लाख राजस्व संकलन लुम्बिनी प्रदेश सरकारको बजेट आज मलेसियाको खुद्रा व्यापारमा पहिलो त्रैमासिकमा ३.७ प्रतिशतको वृद्धि अमेरिका र इरानबीतको ऐतिहासिक शान्ति सम्झौता पूर्ण रुपमा सम्पन्न भएको ट्रम्पको दाबी मुक्तिनाथ बाबाको सपनामा निर्मित एक सुप्रसिद्ध तीर्थस्थल- फोटो फिचर यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य संघीय संसद्का दुवै सदनको बैठक बस्दै जापान र नेदरल्यान्ड्सबीच २–२ को रोमाञ्चक बराबरी ‘बुक फ्रि डे’, बीमा र दिवा खाजा कार्यक्रमले सामुदायिक विद्यालयमा आकर्षण बढ्यो असार १: पहिलो विद्यार्थी आन्दोलन जयतु संस्कृतम् सुरु भएको दिन
तपाईं के खोज्दै हुनुहुन्छ ?

विशेष महाधिवेशनमा भाग लिन काठमाडौँ कांग्रेसको आह्वान



अ+ अ-

काठमाडौँ । नेपाली कांग्रेस काठमाडौँ जिल्ला समितिले पार्टीको ऐतिहासिक विशेष महाधिवेशनमा भाग लिन सबैलाई आह्वान गरेको छ ।

कांग्रेस काठमाडौँका जिल्ला सभापति कृष्ण सबुज बानियाँले एक विज्ञप्ति जारी गरी विधानको व्यवस्थाबमोजिम विशेष महाधिवेशन आह्वान भएकाले उक्त महाधिवेशनमा भाग लिन सबैलाई आह्वान गर्नुभएको हो ।

विभिन्न कालखण्डका विषम परिस्थितिमा लोकतन्त्रको रक्षार्थ नेपाली कांग्रेस सदैव नेतृत्वदायी भूमिकामा उभिएको कांग्रेस काठमाडौँले जनाएको छ । सभापति बानियाँले गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपश्चात् मुलुकमा संवैधानिक शून्यता भएको भन्दै यसको रक्षाका लागि कांग्रेस अग्रमोर्चामा उभिनुपर्ने बताउनुभयो ।

कांग्रेस काठमाडौँले ५४ प्रतिशतभन्दा बढी महाधिवेशन प्रतिनिधिले पार्टीको विधानको धारा १७ (२) अनुसार पुस २७ र २८ मा विशेष महाधिवेशन आह्वान गरेकाले यस महाधिवेशनमा भाग लिन सबैलाई आग्रह गरेको हो ।

सभापति बानियाँले पार्टीको ऐतिहासिक विशेष महाधिवेशनमा भाग लिन आउने सम्पूर्ण महाधिवेशन प्रतिनिधिलाई राजधानीमा स्वागत गर्दै महाधिवेशन सफलताको कामना गर्नुभएको छ ।