२२ जेष्ठ २०८३, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

बालाजुमा भन्सार छलिका ४०० बोरा युरिया मल र ६० बोरा मकैसहित ट्रक चालक पक्राउ



अ+ अ-

काठमाडौं । भन्सार छलि गरी ल्याइएको ठूलो परिमाणको मल र मकैसहित एक मालवाहक ट्रक र त्यसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

काठमाडौं महानगरपालिका वडा नम्बर १६ बालाजु पुल नजिकबाट ना ६ ख ७०११ नम्बरको मालवाहक ट्रकलाई गोप्य सूचनाको आधारमा नियन्त्रणमा लिइ खानतलासी गर्दा भन्सार छलि गरिएको सामान फेला परेको हो। ट्रकको बाहिरी भागमा मकैका बोरा राखी भित्रतर्फ लुकाइछिपाइ राखिएको अवस्थामा ४०० बोरा युरिया मल र ६० बोरा मकै बरामद गरिएको प्रहरीले जनाएको छ।

बरामद युरिया मल ४०० बोरा (प्रति बोरा ४५ किलो) र मकै ६० बोरा (प्रति बोरा ५० किलो) रहेको छ। ट्रक चालक जिल्ला रौतहट, बृद्धाबन नगरपालिका वडा नम्बर ०६ घर भई हाल बसोबास गर्दै आएका करिब २५ वर्षका राजकुमार महत्तोलाई पनि नियन्त्रणमा लिइएको छ।

बरामद सामान, मालवाहक ट्रक तथा चालकलाई थप अनुसन्धान र कारबाहीका लागि भन्सार कार्यालय गौचर बुझाइएको प्रहरीले जनाएको छ।