२१ जेष्ठ २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

रियल म्याड्रिडले लय गुमाउँदै, कोपा डेलबाट पनि बाहिरियो



अ+ अ-

पछिल्ला केही समयदेखि लय गुमाउँदै गएको स्पेनी क्लब रियल म्याड्रिड प्रतिष्ठित फुटबल कप कोपा डेल रे को अन्तिम १६ बाट बाहिरिएको छ ।

बुधबार राति भएको निकै रोमाञ्चक खेलमा दोस्रो श्रेणीको क्लब अल्बासेटेसँग ३-२ गोलले आश्चर्यजनक रुपमा पराजित हुँदै रियल बाहिरिएको हो । फ्रान्सेली सुपरस्टार किलियन एम्बाप्पे तथा अन्य प्रमुख खेलाडीहरूको अनुपस्थितिमा स्पेनको दोस्रो डिभिजनमा हाल १७औँ स्थानमा रहेको टोलीविरुद्ध संघर्ष गर्न बाध्य भयो ।

खेलमा अल्बासेटेका लागि जेफ्टे बेटानकरले २ गोल गरेका थिए भने जस्टो भिल्लाले १ गोल थपे । रियलका फ्रान्को मास्तानतुनो र गोन्जालो गार्सियाले १-१ गोल गरे, तर यो जितका लागि पर्याप्त भएन ।

४२औं मिनेटमा भिल्लाले गोल गर्दै अल्बासेटेलाई अग्रता दिलाएका थिए । इन्जुरी समयमा मास्तानतुनोले गोल गर्दै खेल बराबरीमा ल्याए ।

दोस्रो हाफको ८२औं मिनेटमा बेटानकरले गोल गरेपछि अल्बासेटेले पुन: अग्रता कायम गर्न सफल भएको थियो ।

दोस्रो हाफको अतिरिक्त समयमा खेल‌‌ रोचक बन्यो । इन्जुरी समयको पहिलो मिनेटमा गोन्जालो गार्सियाले गोल‌ गरेपछि रियल फेरि खेलमा फर्किएको थियो । तर इन्जुरी समयको चौथो मिनेटमा बेटानकरले गोल गर्दै अल्बासेटेलाई अगाडि बढाए ।

केही दिनअघि प्रशिक्षक जाभी अलोन्सोलाई हटाएर पूर्वखेलाडी अल्भारो अर्बेओला प्रशिक्षक नियुक्त भएका थिए ।