काठमाडौं: नेपाली कांग्रेस गगन-विश्वप्रकाश समूहको केन्द्रीय कार्यसमितिको बैठक सुरु भएको छ । पार्टी सभापति गगन कुमार थापाको सभापतित्वमा कुपण्डोलमा बैठक बसिरहेको छ ।
बैठकले खासगरी निर्वाचन आयोगमा आफूहरु नै आधिकारिक र वैधानिक नेपाली कांग्रेस रहेको भन्दै जानकारी गराउने तथा अन्य समसामयिक विषयमा छलफल गर्न लागेको बताइएको छ ।
पार्टी बैठकलगत्तै नेताहरु निर्वाचन आयोगमा जाने तयारी छ ।
बैठकमा नवनिर्वाचित उपसभापति, महामन्त्री, सहमहामन्त्रीहरु समेतका पदाधिकारीको उपस्थिति छ ।
फोटोः अनुप प्रधान/ न्युज एजेन्सी नेपाल













