काठमाडौं। पूर्व शिक्षा विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले वटा अध्यादेश र ४ वटा नियमावली राष्ट्रपति र विधान समितिले स्वीकार नगरेका कारण आफु निर्वाचनमा उम्मेदवार बन्न गएको जनाउनु भएको छ ।
आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनमा म्याग्दीबाट मनोनयन गराउनु भएका पूर्वमन्त्री पुनले एउटा छुट्टै बलियो विज्ञान, प्रविधि र नव प्रवर्तन मन्त्रालय बनाउन मुख्य सचिवले अल्झ्याएका कारण आफुलाई रीस उठ्को म्याग्दी तिर दगुरेको जनाउनु भएको छ ।
उहाँले लेख्नुभएको छ
अव उकालो लागियो मुना गाउँ तिर चुनाव प्रचार प्रसार गर्न । शिक्षा क्षेत्रमा आम सुधार ल्याएर देशलाई समृद्ध बनाउन नगरि नहुने र मैले ल्याउन खोजेको ३ वटा अध्यादेश र ४ वटा नियमावली राष्ट्रपति र विधान समितिले स्वीकार गरेको भए म यो चुनावमा लड़ने थिएन । एउटा छुट्टै बलियो विज्ञान, प्रविधि र नव प्रवर्तन मन्त्रालय बनाउन मुख्य सचिवले अल्झ्याए। अनि त रीस उठ्यो र म्याग्दी तिर दगुरें ।












