१३ असार २०८३, शनिबार
,
Latest
अमेरिकी शैलीमा विश्वकपको उत्सव मनाउँदै समर्थक माईतीघरमा दृष्टिबिहीनहरूको धर्ना छैटौं दिनमा जारीः सरकारको ध्यानाकर्षण नभएको गुनासो नवप्रवर्तन र दिगो औद्योगिक विकासमार्फत साना तथा मझौला उद्यमलाई सशक्त बनाउन आह्वान न्युजिल्यान्डलाई पराजित गर्दै बेल्जियम नकआउट चरणमा सैद्धान्तिक विरोधाभासको ‘चक्रव्यूह’मा रास्वपा काठमाडौँमा बर्डफ्लु बढ्दैः एघार जिल्लाका ८२ स्थानमा सङ्क्रमण पुष्टि आठ विश्वविद्यालयका उपकुलपति छनोटका लागि अन्तर्वार्ता र प्रस्तुतीकरण सुरु नेपाली सेनाद्वारा बागमती ड्याममा मनसुनजन्य विपद् प्रतिकार्य तयारी अभ्यास सञ्चालन लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायका अधिकार कार्यान्वयनमा अझै चुनौतीः सरोकारवाला ऋण असुलीबाट तुलसी सहकारीका १५८ बचतकर्ताले पाए रकम
तपाईं के खोज्दै हुनुहुन्छ ?

ट्रक दुर्घटनामा तीनको मृत्यु



अ+ अ-

रुपन्देही । रुपन्देहीको रोहिणी गाउँपालिकामा आज तीन वटा ट्रक एकापसमा ठोक्किँदा तीन जनाको मृत्यु भएको छ भने दुई गम्भीर घाइते भएका छन् । भैरहवा परासी सडकखण्डमा पर्ने रोहिणी गाउँपालिका–४ सिपागढमा भैरहवादेखि परासीतर्फ जाँदै गरेको लु १ ख ६७४५ नम्बरको ट्रक परासीदेखि भैरहवातर्फ आउँदै गरेको ना २ ख ८४८१ र ना ५ ख ७८५६ नम्बरको ट्रक आपसमा ठोक्किँदा ट्रकमा सवार तीन जनाको घटनास्थलमै मृत्यु भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ ।

मृत्यु हुनेमा नवलपरासी पाल्हीनन्दन गाउँपािलका–४ बस्ने ३५ वर्षीय लालु कुर्मी, सोही ठाउँकै ३० वर्षीय मोबिकन कुर्मी र सुनसरी चदाराका ३६ वर्षीय पूर्णबहादुर भुजेल रहेको प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रहरी हवल्दार हिमलाल भुसालले जानकारी दिए ।

दुर्घटनामा नवलपरासी पाल्हीनन्दन गाउँपालिका–४ बस्ने ४७ वर्षीय दुबे हरिजन र सिन्धुली सातामाटा बस्ने २७ वर्षीय मोहन राई गम्भीर घाइते भएका छन् । घाइते दुवैको भैरहवास्थित भीम अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।