काठमाडौं : फुटबल स्टार लियोनेल मेस्सीको जन्मदिनको अवसर पारेर DGO र हिमालयन स्पोर्ट्सले ‘फिफा विश्वकप २०२६ अल्टिमेट सब्स्क्राइबर गिभअवे’ अभियान घोषणा गरेका छन्।
अनधिकृत र पाइरेटेड स्ट्रिमिङ प्लेटफर्महरूलाई निरुत्साहित गर्दै दर्शकहरूलाई आधिकारिक माध्यमबाट विश्वकप देखाउने उद्देश्यले यो योजना ल्याइएको हो।
यस योजना अन्तर्गत DGO एपमार्फत सिधै ‘सिजन पास’ वा ‘मोबाइल पास’ खरिद गर्ने नेपाली ग्राहकहरूले विभिन्न बम्पर उपहारहरू जित्न सक्नेछन्।
सिजन पासतर्फ लियोनेल मेस्सी (अर्जेन्टिना), क्रिस्टियानो रोनाल्डो (पोर्चुगल) र नेयमार (ब्राजिल) को हस्ताक्षर गरिएको आधिकारिक जर्सी, भियतनाम टुर प्याकेज (जोडीका लागि), ५५ इन्चको स्मार्ट टिभी र मौलाकाली रिसोर्टमा एक रातको डिलक्स बसाई रहनेछ।
यस्तै मोबाइल पासतर्फ भियतनाम टुर प्याकेज (जोडीका लागि), ५५ र ४३ इन्चका स्मार्ट टिभीहरू तथा स्मार्टफोन रहेका छन्।
यस अभियानमा सहभागी हुन ग्राहकले DGO एप डाउनलोड गरी अकाउन्ट रजिस्टर गर्नुपर्ने, एपबाट सिजन वा मोबाइल पास खरिद गर्नुपर्ने र DGO को आधिकारिक सामाजिक सञ्जाल खाताहरू फलो गर्नुपर्ने हुन्छ।
यो योजना २१ जुन २०२६ देखि १५ जुलाई २०२६ सम्म नेपालभित्र बसोबास गर्ने सक्रिय प्रयोगकर्ताहरूका लागि मात्र लागू हुनेछ।












