१२ असार २०८३, शुक्रबार
,
Latest
रास्वपा महाधिवेशन लम्बिँदा प्रतिनिधि सभा बैठक फेरि स्थगित रास्वपाको उपसभापतिमा स्वर्णिम वाग्ले निर्विरोध कार्तिक १४ गते काठमाडौंमा ‘जापान–नेपाल फुड एण्ड म्युजिक फेस्टिबल’ आयोजना हुने प्रतिनिधिसभाको आजको बैठकमा पाँच विधेयक प्रस्तुत हुने, आर्थिक विधेयक पारित गर्ने कार्यसूची इजिप्टमा सडक दुर्घटनामा मृत्यु हुनेको संख्या १०.८ प्रतिशतले वृद्धि फ्रान्समा अत्याधिक गर्मीका कारण ७२ विभागमा ‘रेड अलर्ट’ जारी, तापक्रमले कायम गर्‍यो नयाँ कीर्तिमान अफ्रिकामा साइबर चुनौतीको सामना गर्न विज्ञहरूद्वारा सहकार्यको आह्वान भेनेजुएला भूकम्पः मृतकको संख्या २ सय ३५ पुग्यो यी हुन् रास्वपाका नवनिर्वाचित ९९ केन्द्रीय सदस्य (मतसहित) ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व संकलन
तपाईं के खोज्दै हुनुहुन्छ ?

यी हुन् रास्वपाका नवनिर्वाचित ९९ केन्द्रीय सदस्य (मतसहित)



अ+ अ-

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय सदस्यका लागि भएको मतदानको अन्तिम परिणाम सार्वजनिक भएको छ ।

सभापतिमा अरूको उम्मेदवारी नपरेपछि रवि लामिछाने निर्विरोध चयन हुनुभएको निर्वाचन समितिले जनाएको छ । केन्द्रीय सदस्यमा भने ३८४ जनाले उम्मेदवारी दिएकोमा ९९ जना निर्वाचित भएका छन् ।

निर्वाचन आयोगका अनुसार खुलातर्फ स्वर्णिम वाग्लेले सर्वाधिक दुई हजार ६५६ मत प्राप्त गर्नुभएको छ । खुलातर्फ सोविता गौतम दुई हजार ६४१, शिशिर खनाल दुई हजार ५३८, सागर ढकाल दुई हजार ३७६, डा तोसिमा कार्की दुई हजार ३०२, रञ्जु दर्शना दुई हजार २९३, मनिष झाले दुई हजार २८१, हरि ढकालले दुई हजार २६२, कविन्द्र बुर्लाकोटीले दुई हजार २२७, विपिनकुमार आचार्यले दुई हजार १६९, रमेश प्रसाईँले दुई हजार १६६ र निशा डाँगीले दुई हजार १३२ भोट पाउनुभएको छ ।

यसैगरी, विराजभक्त श्रेष्ठले दुई हजार १२३, इन्दिरा राना मगरले दुई हजार ९०, गणेश पराजुलीले दुई हजार ८७, पुकार बमले दुई हजार ७०, जगदीश खरेल (ललितपुर)ले दुई हजार ६५, शुलभ खरेलले दुई हजार ४३, यज्ञमणि न्यौपानेले एक हजार ९०३, प्रमोद न्यौपानेले एक हजार ८९२, सस्मित पोखरेलले एक हजार ८६४ र रिमा विश्वकर्माले एक हजार ८४५ मत प्राप्त गर्नुभएको आयोगले जनाएको छ ।

उम्मेदवार रघुराज पाण्डेले एक हजार ८४०, राजीव खत्रीले एक हजार ७४५, समीक्षा बास्कोटाले एक हजार ७३९, गणेश कार्कीले एक हजार ७३४, खगेन्द्र सुनारले एक हजार ७३३, अशिम शाहले एक हजार ७३०, हिमेश पन्तले एक हजार ६५०, जगदीश खरेल (दोलखा)ले एक हजार ५५२, गीता चौधरीले एक हजार ५३७ तथा लिमा अधिकारी आचार्यले एक हजार ५३६ मत प्राप्त गर्नुभएको छ ।

अन्तिम परिणाम अनुसार खुल्लाबाट २० जना, खस आर्यबाट १० जना, आदिवासी जनजातिबाट ९ जना, थारूतर्फ २ जना, मधेसीतर्फ ५ जना, दलिततर्फ ४ जना, मुस्लिम तर्फ २ र प्रादेशिकतर्फ सातै प्रदेशबाट ५र५ जना केन्द्रीय सदस्य निर्वाचित भएका छन्।

तस्बिरः सनद अधिकारी/रासस