१५ असार २०८३, सोमबार
,
Latest
उच्च अदालतको आदेश कार्यान्वयन गर्न चिकित्सा शिक्षा आयोगलाई सर्वोच्चको निर्देशन चितवनका विद्यार्थी धान रोप्न सिक्दै थप २० जापानी फर्म चीनको कालो सूचीमा कोशी सरकारको निर्णय : सांसदका स्वकीय सचिवले रोकिएको पारिश्रमिक पाउने यान्त्रिकीकरण मार्फत कृषि उत्पादन लागत घटाइनेछ : प्रदेश मन्त्री मन्सुरी उही प्रकृतिका बेरुजु दोहोरिनु वित्तीय अनुशासन र सुशासनका दृष्टिले चिन्ताको विषय होः सभामुख अर्याल किसानका समस्या समाधान भए धान उत्पादन ७० लाख मेट्रिक टन पुग्ने : सभापति चौधरी म्याग्दी नदीकाे मंगलाघाटमा बस्ती संरक्षण योजना कार्यान्वयमा किसानका समस्या समाधान होस् : अध्यक्ष दाहाल राष्ट्रियसभा बैठक आधा घण्टाका लागि स्थगन
तपाईं के खोज्दै हुनुहुन्छ ?

पत्रकारिता र मिथ्या सूचनासम्बन्धी तीन पुस्तक सार्वजनिक



अ+ अ-

काठमाडौँ। डिजिटल युगमा पत्रकारिता, मिथ्या सूचना र तथ्य जाँचसम्बन्धी तीनवटा पुस्तक सार्वजनिक गरिएको छ ।

सेन्टर फर मिडिया रिसर्च नेपाल र जर्नलिजम एकेडेमीद्वारा आज यहाँ आयोजित कार्यक्रममा डिजिटल युगमा पत्रकारिता, मिथ्या सूचना र तथ्य जाँचका साथै डिजिटल परिदृश्य पुस्तक विमोचन गरिएको हो ।

डिजिटल युगमा पत्रकारिता पुस्तक जर्मनीका पत्रकारहरू स्टेफान मोल र तन्जिभ शुल्जले लेख्नुभएको हो । जर्मन भाषामा लेखिएको सो पुस्तकलाई लक्ष्मण श्रेष्ठ, तिलक पाठक र उज्ज्वल आचार्यले नेपाली भाषामा अनुवाद एवं सम्पादन गर्नुभएको छ ।

पुस्तकमा डिजिटलाइजेसनको युगमा मिडिया र पत्रकारिता, पत्रकारिताका शैली, सम्पादकीय व्यवस्थापन, सम्पादकीय जिम्मेवारी, पत्रकारिताको गुणस्तर लगायतका पक्षमा बहुआयामिक ढङ्गले चर्चा गरिएको छ ।

उज्ज्वल आचार्य र उमेश श्रेष्ठले लेख्नुभएको मिथ्या सूचना र तथ्य जाँचसम्बन्धी पुस्तकमा मिथ्या सूचना, मिथ्या सूचनाको प्रतिकार, तथ्य जाँच प्रक्रिया, मिडिया साक्षरतालगायतका विषय समावेश गरिएको छ । रासस