१५ असार २०८३, सोमबार
,
Latest
लेखापरीक्षणको गुणस्तर सुधार्न वित्तीय तथा संगठनात्मक स्वायत्तता आवश्यक छ : महालेखा परीक्षक राय अर्थमन्त्रीद्वारा राष्ट्रिय सभामा विनियोजन विधेयक, २०८३ प्रस्तुत उच्च अदालतको आदेश कार्यान्वयन गर्न चिकित्सा शिक्षा आयोगलाई सर्वोच्चको निर्देशन चितवनका विद्यार्थी धान रोप्न सिक्दै थप २० जापानी फर्म चीनको कालो सूचीमा कोशी सरकारको निर्णय : सांसदका स्वकीय सचिवले रोकिएको पारिश्रमिक पाउने यान्त्रिकीकरण मार्फत कृषि उत्पादन लागत घटाइनेछ : प्रदेश मन्त्री मन्सुरी उही प्रकृतिका बेरुजु दोहोरिनु वित्तीय अनुशासन र सुशासनका दृष्टिले चिन्ताको विषय होः सभामुख अर्याल किसानका समस्या समाधान भए धान उत्पादन ७० लाख मेट्रिक टन पुग्ने : सभापति चौधरी म्याग्दी नदीकाे मंगलाघाटमा बस्ती संरक्षण योजना कार्यान्वयमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

म्याग्दी नदीकाे मंगलाघाटमा बस्ती संरक्षण योजना कार्यान्वयमा



अ+ अ-

काठमाडाैँ । म्याग्दी नदीको बाढी र कटानको जोखिममा रहेको बेनी नगरपालिका–७ मंगलाघाटमा बस्ति संरक्षण योजना कार्यान्वयनमा आएको छ । जलस्रोत तथा सिचाई ब्यवस्थापन आयोजना कास्कीले मंगलाघाट स्थित म्याग्दी नदीको किनारमा ‘कम्पोजित’ प्रविधिको पर्खाल निर्माण गरेको हो ।

मङ्गलाघाट स्थित म्याग्दी नदीको किनारमा ५५ मिटर लामो कम्पोजित प्रविधिको पर्खाल निर्माण भएको आयोजनाका ईञ्जिनियर नरजङ गुुरुङले बताउनुभयो । उहाँका अनुसार नदी किनारको तल्लो भागमा चार मिटर अग्लो आरसिसी र माथिल्लो भागमा तीन मिटर अग्लो ग्यावीयन पर्खाल निर्माण भएको छ । योजना निर्माणका लागि निर्माण कम्पनीसँग २०८२ फागुुन १० गते रु. ९९ लाख १९ हजार दुुई सय ९५ मा ठेक्का सम्झौता भएको थियो ।

यही असार १९ गतेसम्म ठेक्का सम्झौताको म्याद रहेकोमा लक्ष्य अघिनै सम्पन्न भएको हो । इन्धन र निर्माण सामग्रीको मूल्यवृद्धिका बावजुद उपकरण र मजदुुर परिचालन तथा निर्माण सामग्री ब्यवस्थापन गरेर समयमै योजना निर्माण गरेको ब्यवसायीले बताएका छन् । यसअघि ंगलाघाटमा आयोजना मार्फत विभिन्न चरणमा पाँच सय मिटर भन्दा बढी लामो पर्खाल निर्माण भइसकेको छ । बेनी बजारको पश्चिमी भागमा रहेको मंगलाघाटमा दुई सय भन्दा बढी घर, सरकारी कार्यालय र कर्मचारी आवास भवन छन् ।

आयोजनाले बेनी बजारमा कटान र बाढी नियन्त्रण गर्न विगतदेखिनै आयोजना सञ्चालन भएको छ । बेनीलाई सरकारले नदी कटानका हिसाबले जोखिमयुक्त जिल्ला सदरमुकामको सूचिमा राखेको छ । योजनाका प्रमुख विदुर श्रेष्ठले नदी कटान र पहिरोको जोखिममा रहेका म्याग्दी, मुुस्ताङ र पर्वतका १७ स्थानमा सालबसाली योजनाहरु निर्माण सम्पन्न हुने चरणमा रहेका बताउनुभयो ।