१५ असार २०८३, सोमबार
,
Latest
पवन गिरीको नयाँ गीत ‘मन भारी’ सार्वजनिक उद्योगमन्त्री यादवको सक्रियतामा मन्त्रालयमा ड्यासबोर्ड सञ्चालन, कम्पनी दर्ताको अपडेट अब रियल टाइममा नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट कीर्तिपुरकाे होल्डिङ सेन्टरबाट एक जना पक्राउ कालो सिसा हटाउन नाडा–ट्राफिकबिच छलफल, स्टिकर हटाउनबाट अभियान सुरु गर्न सुझाव गृहमन्त्री गुरुङले लगाए आफ्नो गाडीबाट कालो सिसा हटाउन २५ लाखभन्दा माथिको शेयर कारोबारमा १ प्रतिशत शुल्क हटाइने लेखापरीक्षणको गुणस्तर सुधार्न वित्तीय तथा संगठनात्मक स्वायत्तता आवश्यक छ : महालेखा परीक्षक राय अर्थमन्त्रीद्वारा राष्ट्रिय सभामा विनियोजन विधेयक, २०८३ प्रस्तुत उच्च अदालतको आदेश कार्यान्वयन गर्न चिकित्सा शिक्षा आयोगलाई सर्वोच्चको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

अर्थमन्त्रीद्वारा राष्ट्रिय सभामा विनियोजन विधेयक, २०८३ प्रस्तुत



अ+ अ-

काठमाडाैँ । राष्ट्रिय सभामा ‘विनियोजन विधेयक, २०८३’ प्रश्तुत भएको छ । राष्ट्रिय सभा नियमावली, २०७५ को नियम १३३ ‘क’ को उपनियम (२) बमोजिम अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले उक्त विधेयक सभासमक्ष पेश गरेका छन् ।

आर्थिक वर्ष २०८३/८४ को सेवा तथा कार्यहरूका लागि संघीय सञ्चित कोषबाट रकम खर्च गर्ने अधिकार प्राप्त गर्न र सो रकम विनियोजन गर्न वाञ्छनीय भएकाले उक्त विधेयक प्रश्तुत गरिएको अर्थमन्त्रीले सभालाई जानकारी दिए ।

यस विधेयकले संघीय सञ्चित कोषबाट खर्च गर्ने अधिकार र विभिन्न सरकारी निकायहरूले गर्ने कार्यका लागि आवश्यक बजेट विनियोजन गर्ने व्यवस्था गरेको छ । अर्थमन्त्रीले यस विधेयकलाई अर्थ सम्बन्धी विधेयकको रूपमा संघीय संसद्मा प्रश्तुत गरिएको स्पष्ट पारे ।