१३ असार २०८३, शनिबार
,
Latest
अमेरिकी शैलीमा विश्वकपको उत्सव मनाउँदै समर्थक माईतीघरमा दृष्टिबिहीनहरूको धर्ना छैटौं दिनमा जारीः सरकारको ध्यानाकर्षण नभएको गुनासो नवप्रवर्तन र दिगो औद्योगिक विकासमार्फत साना तथा मझौला उद्यमलाई सशक्त बनाउन आह्वान न्युजिल्यान्डलाई पराजित गर्दै बेल्जियम नकआउट चरणमा सैद्धान्तिक विरोधाभासको ‘चक्रव्यूह’मा रास्वपा काठमाडौँमा बर्डफ्लु बढ्दैः एघार जिल्लाका ८२ स्थानमा सङ्क्रमण पुष्टि आठ विश्वविद्यालयका उपकुलपति छनोटका लागि अन्तर्वार्ता र प्रस्तुतीकरण सुरु नेपाली सेनाद्वारा बागमती ड्याममा मनसुनजन्य विपद् प्रतिकार्य तयारी अभ्यास सञ्चालन लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायका अधिकार कार्यान्वयनमा अझै चुनौतीः सरोकारवाला ऋण असुलीबाट तुलसी सहकारीका १५८ बचतकर्ताले पाए रकम
तपाईं के खोज्दै हुनुहुन्छ ?

महायज्ञको उद्घाटनका लागि चितवन पुगेका उपराष्ट्रपति आखिर किन त्यसै फर्के ?



अ+ अ-

सञ्चालक नै गलत धन्दामा सक्रिय रहेको चर्चा चलेपछि महायज्ञ उद्घाटनका लागि चितवन आएका उपराष्ट्रपति नन्दबहादुर पुन कार्यक्रममा सहभागी नभइ फर्केका छन्। नारायणगढमा शनिबारदेखि सुरु हुन लागेको कोटिहोम महायज्ञ विवादित भएपछि उपराष्ट्रपति पुनले उद्धाटन कार्यक्रममा सहभागी हुन अस्वीकार गरेका हुन्। महायज्ञको उद्घाटनर्कै लागि भनेर उपराष्ट्रपति पुन शुक्रबार चितवन आइपुगेका थिए।

उपराष्ट्रपतिका प्रेस संयोजक मनोज घर्तीमगरले उपराष्ट्रपति सबैको साझा व्यक्ति भएका कारण निम्तोलाई स्वीकार गरी कार्यक्रमका लागि यहाँ आए पनि पछि कार्यक्रम विवादित भएकाले सहभागी नहुने निर्णय गरेको जानकारी दिएका छन्। स्थानीय प्रशासनसँगको छलफलपछि विवादित कार्यक्रममा उपस्थित हुन उपयुक्त नहुने देखिएकाले उपराष्ट्रपति पुन काठमाडौँ फर्कन लागेको मगरले जानकारी दिए।

आजको एक राष्ट्रिय दैनिकमा कोटिहोमका संयोजक एवम् प्रमुख वाचक बालयोश्वर महाराज बताउने विजय भण्डारी ठग भएको भन्दै समाचार प्रकाशित भएको थियो। सो समचारपश्चात महायज्ञमा प्रमुख अतिथिका रुपमा बोलाइएका पुन कार्यक्रम विवादित भएको भन्दै सहभागी नभएका हुन्। सो महायज्ञ शनिबारदेखि एक महिनासम्म नारायणगढको नारायणी नदी किनारमा सञ्चालन हुन गइरहेको छ।