१५ असार २०८३, सोमबार
,
Latest
भूमिहीनमाथि बल प्रयोग होइन, संवादबाट समाधान खोज्न सांसद गुरुङकाे आग्रह गृहमन्त्री गुरुङको मध्यतराईका जिल्लाको अनुगमनपछि रौतहटको सुरक्षा व्यवस्था मजबुत धान उत्पादनका लागि क्षेत्रफल विस्तार गरिनुपर्छ: मन्त्री चौधरी अमेरिका–इरान आक्रमण रोक्ने सहमति, वार्ता जारी रहने विशेष अदालतमा उपस्थित गराइए पूर्वमन्त्री विष्णु पौडेल असार १५: जुजु धौको माग उच्च राष्ट्रियसभा बैठक : ‘होल्डिङ सेन्टर’का सुकुम्वासीको माग सम्बोधन गर्न सरकारको ध्यानाकर्षण बाजुराका १,३४८ बालबालिकाले पाए पूर्ण खोप, जिल्ला पूर्ण खोप सुनिश्चित आज ७५ लाख लिटर दही खपत हुने, एक अर्ब रुपैयाँ बराबरको कारोबारको अनुमान सुकीका छोरा किम एरिसको माग: ‘आमा जीवित रहेको प्रमाण सार्वजनिक गर’
तपाईं के खोज्दै हुनुहुन्छ ?

पाकिस्तानी राष्ट्रपतिद्वारा युवा सशक्तिकरणका लागि शिक्षालाई प्राथमिकता दिन आह्वान



अ+ अ-

इस्लामाबाद। पाकिस्तानका राष्ट्रपति आसिफ अली जर्दारीले शनिबार सवृद्ध पाकिस्तान निर्माणमा साझेदारका रूपमा युवाहरूलाई सशक्त बनाउन शिक्षालाई राष्ट्रिय प्राथमिकताका रूपमा लिन आह्वान गर्नु भएको छ ।

“पाकिस्तानको भविष्य युवाहरूसँग जोडिएको उल्लेख गर्दै उहाँले समृद्ध सांस्कृतिक सम्पदा र ठुलो युवा जनसङ्ख्या भएको राष्ट्रका रूपमा शिक्षाले युवाहरूमा जिज्ञासा, क्षमता र चरित्रको पोषण गर्ने कुरा सुनिश्चित गर्नु पर्ने अन्तर्राष्ट्रिय शिक्षा दिवस अवसरमा बताउनु भएको जनाइएको छ ।

सरकारको प्रयासलाई प्रष्ट पार्र्दै जर्दारीले उच्च शिक्षामा विस्तारित पहुँच, योग्यतामा आधारित विद्यार्थी सहयोग र प्रविधिमा सुधारिएको पहुँच जस्ता उपायहरूले युवाहरूलाई ज्ञान अर्थव्यवस्थामा अर्थपूर्ण रूपमा संलग्न हुन मद्दत गरिरहेको बताउनु भएको छ ।

“निःशुल्क र अनिवार्य शिक्षाको संवैधानिक ग्यारेन्टीले युवाहरूको मौलिक अधिकारप्रति साझा प्रतिबद्धतालाई प्रतिबिम्बित गर्ने उहाँले बताउनु भएको छ । द्रुत रूपमा परिवर्तन भइरहेकोे संसारमा, शिक्षाले शैक्षिक उत्कृष्टतालाई व्यावहारिक सीप, डिजिटल साक्षरता र विविधताका मार्ग निर्देश गर्ने उहाँले बताउनु भएको छ ।

उहाँले शैक्षिक पहलहरुले युवाहरूलाई उदीयमान प्रविधिहरूका लागि तयार पारिरहेको उल्लेख गर्दै शिक्षाले रोजगारी, उद्यमशीलता र विश्वव्यापी संलग्नताका लागि मार्गहरू तथ गर्ने कुरामा जोड दिनु भएको छ ।  (रासस/सिन्ह्वा)