२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

एन्जल्स हर्टको मिश्रित प्रदर्शन



अ+ अ-

आयोजक एन्जल्स हर्टले सातौं एन्जल्स हर्ट कप अन्तरविद्यालय छात्र बास्केटबल प्रतियोगिताको पहिलो दिन आइतबार मिश्रित प्रदर्शन गरेको छ । एन्जल्स हर्ट ‘ए’ ले सफलता पायो भने ‘बी’ टिम पराजित भयो । मनमैजुस्थित घरेलु कोर्टमा एन्जल्स हर्ट ‘ए’ ले गोल्डेनपिकलाई ४०–३४ ले पराजित गर्यो । विजयी टिमका लागि प्रतीक गौली र रोशन श्रेष्ठले समान ८–८ अंक जोडे । नेसनल युनाइटेडले एन्जल्स हर्ट ‘बी’ लाई २६–२४ ले हरायो ।

नेसनल युनाइटेडका रोशन मल्लले १२ स्कोर गरे । अन्य खेलमा एचएचसीएले एनईएलाई ४०–३५, सेबले नेपाल मोडेललाई २८–२३, लालीगुराँसले ईबीएलाई २०–१४, ग्रिनफिल्डले नवोदितलाई ३४–२० र बीएनएले काठमाडौं भ्यालीलाई ३४–१९ ले पाखा लगाए ।

प्रतियोगिताको नगर शिक्षा प्रमुख होमनाथ न्यौपाने र एन्जल्स हर्टका प्रिन्सिपल धनबहादुर पुनले निर्णायकलाई बल हस्तान्तरण गरी एक कार्यक्रमबीच संयुक्त रुपमा उद्घाटन गरे । माघ २० गतेसम्म चल्ने लिग कम नकआउट प्रतियोगितामा २० टिम सहभागी छन् ।