२१ जेष्ठ २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुनको मूल्य हालसम्मकै उच्च, कतिमा हुँदैछ कारोबार?



अ+ अ-

काठमाडौँ । नेपाली सुनचाँदी बजारमा आइतबार सुनको मूल्यले रेकर्ड ब्रेक गरेको छ ।

आज सुन दुई हजार चार सय रुपैयाँले बढ्दै हालसम्मकै उच्च मूल्यमा कारोबार भईरहेको छ ।

यससँगै आज सुन प्रतितोला ३ लाख ३ हजार ८०० रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । शुक्रबार सुन तोलामा ३ लाख १ हजार ४०० रुपैयाँ कायम भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । शुक्रबार तोलामा ६ हजार १९० रुपैयाँ कायम भएको चाँदी आइतबार तोलामा ६ हजार ४८० रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ ।