२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

पूर्व धावक केसी सम्मानित



अ+ अ-

काठमाडौं । कखरा स्कुलले नेपाललाई पहिलो अन्तर्राष्ट्रिय पदक दिलाएका पूर्व धावक जितबहादुर केसीलाई नगदसहित सम्मान गरेको छ । कखराको दोश्रो वार्षिक खेलकुद दिवसका अवसरमा केसीलाई सम्मान गरिएको हो । कखराका प्रबन्ध सञ्चालक उमानाथ निरौला र संस्थापक प्रिन्सिपल निशा न्यौपाने घिमिरेले केसीलाई प्रशंसा पत्र र नगद प्रदान गरी सम्मान गरे ।

फिलिपिन्सको मनिलामा १९७३ मा भएको एसियाली ट्रयाक एन्ड फिल्ड च्याम्पियनसिपको म्याराथनमा केसीले कांस्य जितेका थिए । पहिलो वार्षिक खेलकुद दिवसमा कखराले करातेका पर्शुराम बाँस्तोलालाई सम्मान गरेको थियो ।

कार्यक्रमका प्रमुख अतिथि समेत रहेका केसीले विभिन्न खेलका विजेताहरुलाई पुरस्कार वितरण पनि गरेका थिए ।