१३ असार २०८३, शनिबार
,
Latest
काठमाडौँमा बर्डफ्लु बढ्दैः एघार जिल्लाका ८२ स्थानमा सङ्क्रमण पुष्टि आठ विश्वविद्यालयका उपकुलपति छनोटका लागि अन्तर्वार्ता र प्रस्तुतीकरण सुरु नेपाली सेनाद्वारा बागमती ड्याममा मनसुनजन्य विपद् प्रतिकार्य तयारी अभ्यास सञ्चालन लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायका अधिकार कार्यान्वयनमा अझै चुनौतीः सरोकारवाला ऋण असुलीबाट तुलसी सहकारीका १५८ बचतकर्ताले पाए रकम भूकम्प प्रभावित भेनेजुएलाको उद्धारका लागि स्पेनद्वारा ५४ सदस्यीय आपत्कालीन टोली परिचालन झल्किँदो धरहरा, रमाउँदै पर्यटक-फोटो फिचर यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य म्यानमारद्वारा ६० करोड अमेरिकी डलरभन्दा बढी मूल्यको लागुऔषध नष्ट रास्वपाको महाधिवेशन सम्पन्नः सभापति लामिछानेद्वारा परिपक्व राजनीतिको प्रतिवद्धता
तपाईं के खोज्दै हुनुहुन्छ ?

कर्णालीमा कुष्ठरोगका नयाँ बिरामी



अ+ अ-

वीरेन्द्रनगर। कर्णाली प्रदेशमा विगतका वर्षको तुलनामा कुष्ठरोगका बिरामी घट्दो क्रममा रहेका भए पनि नयाँ बिरामी फेला पर्ने क्रम भने रोकिएको छैन । प्रदेशका १० जिल्लाको तथ्याङ्कअनुसार गत आर्थिक वर्षमा ८९ बिरामी फेला परेका छन् ।

सरकारले विसं २०६६ मा कुष्ठरोग निवारण भएको घोषणा गरेको थियो । प्रति एक लाख जनसङ्ख्यामा एक जना कुष्ठरोगका बिरामी फेला पेरमा निवारण भएको अवस्था मानिने भएता पनि कर्णालीमा भने यो सङ्ख्या बढी हुन आउँछ । स्वास्थ्य निर्देशनालयका अनुसार कर्णालीमा आव २०७४/७५ मा ११५, २०७३/७४ मा ११९, २०७१/७२ मा १०८ नयाँ कुष्ठरोगका बिरामी फेला परेका थिए । तुलनात्मकरूपमा कर्णालीका जाजरकोट, कालिकोट, सुर्खेत र सल्यान जिल्लामा नयाँ बिरामीको सङ्ख्या बढी छ ।

प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार आव २०७५/७६ जाजरकोटमा १९, जुम्लामा पाँच, हुम्लामा दुई, डोल्पामा दुई, दैलेखमा नौ, कालिकोटमा सात, मुगुमा पाँच, रुकुमपश्चिममा सात, सल्यानमा ११ र सुर्खेतमा २२ कुष्ठरोगका बिरामी फेला परेका छन् । स्वास्थ्य निर्देशनालय कर्णाली प्रदेशका कुष्ठरोग अधिकृत पदम केसीका अनुसार कुष्ठरोगको निवारणको अभियानमा अघि बढेता पनि यसको तथ्याङ्क हेर्दा सन्तोषजनक नरहेको बताउनुभयो ।

कुष्ठरोग सामान्य भइसकेको उल्लेख गर्दै उहाँले कुष्ठरोगबारे जनस्तरमा सचेतनामूलक कार्यक्रम सञ्चालन गर्न जरुरी रहेको बताउनुभयो । कर्णालीमा कुष्ठरोग निवारण गर्न निर्देशनालयले विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार कुष्ठरोग आँखाले देख्न नसकिने माइक्रोव्यक्टेरियम नामक किटाणुबाट लाग्ने गर्दछ । कम सर्ने सरुवा रोगमा पर्ने कुष्ठरोगले छाला र नशामा असर गर्ने स्वास्थ्य निर्देशनालयका निर्देशक रीता भण्डारी जोशीले बताउनुभयो ।

उहाँका अनुसार कुष्ठरोगको लक्षण देखिएमा छालामा असर गर्दा रातो वा हल्का फुस्रो रङको दाग देखिने, अनुहारमा छाला बाक्लो हुने, गिर्खाहरु देखापर्ने र स्नायुमा असर गर्दा हातखुट्टामा छुँदा थाहा नपाउने तथा मांशपेशी कमजोर हुने गर्दछन् । यसैगरी कुष्ठरोगको क्षेत्रमा काम गर्दै आएको आइएनएफ संस्थाले गत आर्थिक वर्षमा ५६ जनाको उपचार गरेको थियो । आइएनएफअन्तर्गत सञ्चालित साइनिङ अस्पताल सुर्खेतका प्रमुख मङ्गल थारूका अनुसार विभिन्न शिविरमार्फत पनि कुष्ठरोगका बिरामीलाई उपचारमा ल्याइने गरेको बताउनुभयो ।