१३ असार २०८३, शनिबार
,
Latest
काठमाडौँमा बर्डफ्लु बढ्दैः एघार जिल्लाका ८२ स्थानमा सङ्क्रमण पुष्टि आठ विश्वविद्यालयका उपकुलपति छनोटका लागि अन्तर्वार्ता र प्रस्तुतीकरण सुरु नेपाली सेनाद्वारा बागमती ड्याममा मनसुनजन्य विपद् प्रतिकार्य तयारी अभ्यास सञ्चालन लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायका अधिकार कार्यान्वयनमा अझै चुनौतीः सरोकारवाला ऋण असुलीबाट तुलसी सहकारीका १५८ बचतकर्ताले पाए रकम भूकम्प प्रभावित भेनेजुएलाको उद्धारका लागि स्पेनद्वारा ५४ सदस्यीय आपत्कालीन टोली परिचालन झल्किँदो धरहरा, रमाउँदै पर्यटक-फोटो फिचर यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य म्यानमारद्वारा ६० करोड अमेरिकी डलरभन्दा बढी मूल्यको लागुऔषध नष्ट रास्वपाको महाधिवेशन सम्पन्नः सभापति लामिछानेद्वारा परिपक्व राजनीतिको प्रतिवद्धता
तपाईं के खोज्दै हुनुहुन्छ ?

योग शिक्षा नेपाल र भारतको साझा पद्धति हो : कार्यबहाक राजदूत अजयकुमार



अ+ अ-

काठमाडौं । नेपालस्थित भारतीय दूतावासका कार्यबहाक राजदूत डा. अजयकुमारले योग शिक्षा नेपाल र भारतको साझा पद्धति भएको बताउनुभएको छ ।

स्वामी विवेकानन्द सांस्कृति केन्द्रको आयोजना दूतावासमा भएको कार्यक्रममा कार्यवहाक राजदूत अजयकुमारले योग नेपाल र भारतको साझा पद्धति भएको बताउनुभएको हो । उहाँले स्वास्थ्यको प्राकृतिक तरिकाबाट उपचारमा ध्यान दिन आग्रह गर्नुहुँदै कम केमिकल र कम औषधिको प्रयोग गर्न सुझाव समेत दिनुभयो । डा. अजयकुमारले प्राकृतिक खानालाई प्राथमिकतामा राख्न पनि आग्रह गर्नुभएको छ ।

सांस्कृतिक केन्द्रका निर्देशक प्रोफेसर केदारनाथ शर्माले एक महिने एडभान्स योग शिक्षाको समापन र एक दिने एडभान्स तबला प्लेइङ वर्कसप गरिएको बताउनुभयो । एक महिने योग कोर्स पुरा गरेका ३७ जनालाई कार्यबहाक राजदुत अजयकुमारले प्रमाणपत्र प्रदान गर्नुभएको थियो । भारतको बनारस हिन्द विश्वविद्यालयका प्रोफेसर प्रविण कुमारले एक दिने तबला प्लेइङ वर्कसपमा आफ्नो अनुभव, तबलाको महत्व लगायतका विषयमा जानकारी दिनुहुने उहाँले बताउनुभयो ।

कार्यक्रम नेपालस्थित भारतीय दूतावासको कार्यालय लैनचौरमा भएको हो । कार्यक्रममा एक महिने योग शिक्षा लिएका विद्यार्थीहरुलाई प्रमाणपत्र तथा उपाधि प्रदान गरिएको थियो । उनीहरुको लिखित तथा प्रयोगात्मक गराएर उपाधि प्रदान गरेको हो ।